२०८२ असार ३० सोमबार
LATEST NEWS
२०८२ असार ३० सोमबार

भक्तपुर क्यान्सर अस्पतालको टोलीद्वारा संखुवासभा र धनकुटामा १६ सय जनाको क्यान्सर स्क्रिनिङ

संखुवासभा- पूर्वी नेपालका विभिन्न जिल्लामा क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गरिरहेको भक्तपुर क्यान्सर अस्पतालले संखुवासभाको धर्मादेवी नगरपालिकास्थित मुढे र धनकुटाको पाख्रिबासमा एक हजार ६ सय जनाको क्यान्सर स्क्रिनिङ गरेको छ।

अस्पतालका निर्देशक डा उज्वल चालिसेका अनुसार इलाम र पाँचथरको शिविरपछि संखुवासभा र धनकुटामा भएको क्यान्सर स्क्रिनिङ शिविरमा एक हजार ६ सय जनाले सेवा लिएका हुन्। उनका अनुसार चारवटै जिल्लामा गरिएको शिविरबाट चार हजार ६ सयभन्दा बढीले सेवा लिएका छन्।

‘समुदायमै पुगेर क्यान्सरको जोखिम पत्ता लगाउने र समयमै उपचारको व्यवस्था गर्ने उद्देश्यले यी शिविरहरू सञ्चालन गरिएको हो,’ उनले भने।

धर्मादेबी नगरपालिकाको आयोजना तथा नेपाल भारत मैत्री संघ र नेपाल अर्बुद रोग निवारण संघको सहयोगमा भएको संखुवासभामा भएको शिविरमा ६०० महिलाको प्याप स्मेयर र अल्ट्रासाउन्ड स्क्रिनिङ गरिएको उनले जानकारी दिए। 

शिविरमा पाँच जना पुराना क्यान्सर बिरामीको फलोअप गरिएको छ भने क्यान्सर पुष्टि भएका तीन महिलालाई थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रेफर गरिएको छ।नमुना सङ्कलन गरिएका बिरामीको रिपोर्ट दुई हप्ताभित्र उपलब्ध गराइने डा चालिसेले बताए।

यसैगरी, धनकुटाको पाख्रिबासमा भएको शिविरमा पनि ६ जना फलोअपका बिरामी आएका थिए भने अरुको क्यान्सर स्क्रिनिङ भएको थियो।

‘स्क्रिनिङ शिविरमा पाँच जनामा क्यान्सरको शंकास्पद संकेत देखिएपछि थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पतामा आउन भनिएको छ,’ डा चालिसेले भने।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट