काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले विपक्षी दलहरूले आफ्नो कुरा सुन्नुपर्ने बताएको छ।

प्रतिनिधिसभाको बैठकमा माओवादीबाट वर्षमान पुन र रास्वपाबाट शिशिर खनालले बोलेपछि आफूहरूले पनि बोल्न पाउनुपर्ने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताएका हुन्।
विपक्षी दलका दुई सांसदले बोलेपछि सभामुखले घिमिरेलाई बोल्न दिएका थिए।
घिमिरेले भने, ‘उहाँहरूले संसदमा जे कुरा उठाउनुभएको छ, त्यो हामीले गम्भीरतापूर्वक सुन्यौँ। त्यसैले उहाँहरूले हाम्रो कुरा पनि सुन्नुपर्ने दायित्व हुन्छ।’

विपक्षीको होहल्लापछि सभामुखले घिमिरेलाई बोल्न रोके। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नदिने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ