२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

चिकित्सा शिक्षा आयोगले सुरु गर्‍यो पीजीको म्याचिङ प्रक्रिया

काठमाडौं- चिकित्सा शिक्षा आयोगले  आगामी शैक्षिक सत्रका लागि स्नातकोत्तर तह (पीजी)को खुला समूहमा भर्नाका लागि शिक्षण संस्था र शैक्षिक कार्यक्रमको अनलाइन प्राथमिकताक्रम निर्धारण तथा म्याचिङ प्रक्रिया  सुरु गरेको छ।

पूर्वनिर्धारित कार्यतालिका स्थगित भएपछि आयोगले मिति २०८२ जेठ १२ गते बेलुकी ७:०० बजेदेखि जेठ १८ गते अपराह्न ५:०० बजेसम्मका लागि पुनः अनलाइन प्राथमिकता निर्धारण गर्न समय दिएको छ। योग्य उम्मेदवारहरूले आयोगको वेबसाइट https://entrance.mec.gov.np मा लगइन गरी शिक्षण संस्था र शैक्षिक कार्यक्रमको प्राथमिकता निर्धारण वा सम्पादन गर्न सक्नेछन्।

उम्मेदवारको योग्यताक्रम, प्राथमिकता र उपलब्ध सिटको आधारमा कम्प्युटर प्रणालीमार्फत म्याचिङ प्रक्रिया हुने बताइएको छ। पहिलो म्याचिङको नतिजा मिति २०८२ जेठ २१ गते प्रकाशित गरिनेछ। 

आयोगले उम्मेदवारहरूलाई सावधानीपूर्वक शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गरी, तोकिएको समयभित्र अनिवार्य रूपमा प्राथमिकताक्रम सुरक्षित गर्न अनुरोध गरेको छ।

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?