धरान (सुनसरी)। ट्याक्टरको ठक्करबाट यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा आज दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारी गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल लगिएको थियो। उपचारका क्रममा सर्पराजको दिउँसो १ः५० बजे र महजितको २ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर चालक भोक्राहा नरसिंह–३ का ४६ वर्षीय सुब्जी राम चमारलाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
सामाग्री श्रोत :
