२०८२ जेष्ठ १६ बिहीबार
२०८२ जेष्ठ १६ बिहीबार

टेकपाना फ्याक्टचेकः एआईसँगको कुराकानीपछि ४ वर्षीया बालिकाले आत्महत्या गरेको दाबी झुटो

काठमाडौँ । सोमबार २६ मे २०२५ मा ‘एनईबी रिजल्ट्स एन्ड न्युज’ (NEB Results & News) नामक फेसबुक पोस्टले ४ वर्षीया बालिकाले आत्महत्या गरेको दाबी सहित एउटा पोस्ट राख्यो । ‘एआईसँग कुरा गर्दा इमोस्नल भएर मेन्टालिटी हेल्थ बिग्रिएर अमेरिकामा एक ४ वर्षीया बालिकाले सुसाइड गरेकी छन् । यो केस अहिले कोर्टमा रहेको छ’ भन्दै रोमनमा अपूरो जानकारी सहित राखिएको यो पोस्ट टेकपाना फ्याक्टचेकका क्रममा मिथ्या देखिएको छ । ४ वर्षीया बालिका एआईसँग भावनात्मक रूपमा नजिकिएर मानसिक स्वास्थ्यमा असर परेपछि आत्महत्या गरेको भन्ने समाचारको तथ्य कुनै पनि स्रोतबाट पुष्टि हुँदैन । 

दाबी 

२६ मे २०२५ दिउँसो २ः०४ मिनेटमा ‘NEB Result & News’ नामक फेसबुक पेजले ४ वर्षीया बालिकाले आत्महत्या गरेको दाबीसहित पोस्ट राख्यो । पोस्टमा रोमनमा लेखिएको छ, “Shocking: AI sanga kura garda emotional bhayera mentality health bigrera America ma ek 4 yrs old balika le sui!cide gareki chan. Yo case ahile court ma raheko cha.”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २३०० बढी रियाक्सन, १०० बढी कमेन्ट र ११ बढी शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

४ वर्षीया बालिका एआईसँग भावनात्मक रूपमा नजिकिएको भन्ने पोस्ट फेला पारेपछि टेकपाना फ्याक्टचेक डेक्सले यस्ता दाबीसहितका अन्य पोस्ट फेसबुक, एक्स र टिकटकमा खोज्यो । त्यस क्रममा फेसबुकमा नेपाल न्युज अपडेट, ओपन खबर, सुनसरीपाना नामक फेसबुक पेजले यही पोस्ट दुरुस्तै राखेको पाइयो । यहाँ, यहाँ यहाँ क्लिक गरेर ओरिजिनल लिङ्क फेला पार्न सक्नुहुन्छ भने यहाँ, यहाँ यहाँ क्लिक गरेर आर्काइभ लिङ्क हेर्न सक्नुहुन्छ । सँगै ती दाबीको स्क्रिनशट पनि यहाँ राखिएको छ ।  

टेकपाना फ्याक्टचेक डेस्कले सबैभन्दा पहिले यसलाई विश्लेषण गर्‍यो । ४ वर्षीया बालिका एआईसँग कुरा गर्न सक्ने सम्भावना कति हुन्छ ! ल मानौं, अभिभावकले एआई च्याटबटसँगै कुरा गर्न नै दिए भने पनि ऊ भावनात्मक रूपमा जोडिने अवस्था हुन्छ ? झट्ट सुन्दा यो आश्चर्य लाग्छ ।

ल भावनात्मक रूपमा पनि जोडिने शङ्काको सुविधा दिंऔं । त्यसमा मानसिक स्वास्थ्य बिग्रिएर आत्महत्याको सोच आउने सम्भावना कति हुन्छ ? ४ वर्षीया बालिकालाई सम्पूर्ण फोन नै जिम्मा दिएर भावनात्मक रूपमा नजिकिने अवसर दिई बेवास्ता गर्ने अभिभावक कति हुन्छन् ? यी सबैलाई एक छिनलाई हो भन्ने मान्यौ भन्ने पनि ४ वर्षीया बालिका कसरी चाहिं आत्महत्या गर्न सक्छिन् ।

‘एनईबी रिजल्ट्स एन्ड न्युज’ नामक पेजले सूचनाको आधारभूत पक्षलाई नै बेवास्ता गरेको छ । तथ्य नखुलाई फाइभ डब्लु वन एच अर्थात् के, कहिले, कसले, किन कहाँ र कसरी भन्ने प्रश्नको उत्तर राख्नुपर्ने हुन्छ । यो पोस्टमा कसले, के, कहाँ र किन भन्ने प्रश्नको अपूरो जानकारी राखिएको छ । त्यस्तै कहिले र कसरी भन्ने प्रश्नको जवाफ नै छैन । यी जानकारी नभएको समाचार वा पोस्टलाई भ्रामक वा मिथ्या सूचना मानिन्छ । यो त भयो सैद्धान्तिक कुरा । अब लागौं तथ्यतर्फ:

हामीले यससँग सम्बन्धित अन्य पोस्ट वा समाचार खोज्न ‘4-year-old girl suicide AI America’, ‘child suicide AI conversation news’, ‘4-year-old suicide AI court case US’, ‘4-year-old girl suicide AI court case America’, ‘child suicide AI lawsuit court details’, ‘AI chatbot suicide lawsuit US court’ जस्ता कीवर्ड गुगल सर्चमा राखेर हेर्‍यौं ।

तर, कुनै पनि समाचार माध्यमले यसबारे समाचार राखेको फेला परेन । अमेरिकामा एआईसम्बन्धी केही घटना हुँदा द वाशिङटन पोस्ट, एपी न्युज, बीबीसी, द न्युयोर्क टाइम्स, द गार्डियन लगायतका सञ्चारमाध्यममा यस सम्बन्धी समाचार आइपुग्छ । तर, कुनै पनि समाचार माध्यमले ‘४ वर्षीया बालिकाले एआईका कारण आत्महत्या गरेको’ सम्बन्धी कुनै पनि समाचार राखेका छैनन् ।

हामीले यसमा थप विश्लेषण गर्न ग्रोक, जेमिनाई, परप्लेक्सिटी एआई जस्ता खोज तथा अनुसन्धान प्रयोजनका लागि प्रयोग हुने टुल हेर्‍यौं । यी सबै टुलबाट पनि ‘४ वर्षीया बालिकाले एआईकै कारण आत्महत्या गरेको’ दाबी पुष्टि हुने आधार भेटिएन । 

ग्रोक एआई

जेमिनाई एआई

 

 

पर्प्लेरक्सिटी एआई

अक्टोबर २०२४ मा एआईका कारण किशोरले आत्महत्या गरेको घटना सतहमा आएको थियो । टेकपानाले पनि यस विषयमा त्यसबखत समाचार राखेको थियो । समाचारका अनुसार २०२४ को फेब्रुअरी महिनामा फ्लोरिडा सहरका १४ वर्षीय सिवेल सेजर नामक किशोरले आत्महत्या गरेका थिए । उनकी आमाले किशोरको आत्महत्याको कारण ‘क्यारेक्टर एआई’बाट डेनेरिज टार्गेरियन ड्यानी नामको पर्सनल क्यारेक्टर रहेको आरोप लगाएकी थिइन् । किशोर एआईसँग भर्चुअल प्रेममा परेको र एआई क्यारेक्टरले आत्महत्या गर्न प्रेरित गरेपछि आत्महत्या गरेको ती किशोरकी आमाको दाबी थियो । यो मुद्दा फ्लोरिडा सहरको ‘यूएस डिस्ट्रिक्ट कोर्ट फर द मिडल डिस्ट्रिक्ट अफ फ्लोरिडा’मा दायर भएको थियो । 

यी सबै तथ्यलाई विश्लेषण गर्दा एनईबी ‘रिजल्ट्स एन्ड न्युज’ नामक पोस्टले ‘४ वर्षीया बालिका एआईसँग भावनात्मक रूपमा नजिकिंदा मानसिक स्वास्थ्य बिग्रिएपछि आत्महत्या गरेको’ भन्ने दाबी मिथ्या रहेको पुष्टि भएको छ । 

दाबी

एआईसँग भावनात्मक रूपमा नजिकिएपछि मानसिक स्वास्थ्य बिग्रिंदा ४ वर्षीया बालिकाले आत्महत्या गरिन् ।

दाबीकर्ता

एनईबी रिजल्ट्स एन्ड न्युज, नेपाल न्युज अपडेट, ओपन खबर र सुनसरीपाना नामक फेसबुक पेज ।

तथ्य

एनईबी रिजल्ट्स एन्ड न्युज, नेपाल न्युज अपडेट, ओपन खबर र सुनसरीपाना नामक फेसबुक पेजले दाबी गरेको जस्तो ४ वर्षीया बालिका एआईसँग भावनात्मक रूपमा नजिकिंदा मानसिक स्वास्थ्य बिग्रिएपछि आत्महत्या गरेको भन्ने दाबी २६ मे २०२५ सम्म उपलब्ध कुनै पनि समाचार सामग्रीबाट पुष्टि हुँदैन । ४ वर्षीया बालिका, त्यसमाथि एआईसँग भावनात्मक रूपमा नजिक हुने, अझै मानसिक स्वास्थ्य बिग्रिएर आत्महत्या गर्ने भन्ने दाबीमा सामान्य विचार पुर्‍याउने हो भन्ने पनि असम्भव छ बुझ्न सकिन्छ । त्यसबाहेक कुनै पनि तथ्यले यो दाबी पुष्टि गर्दैनन् । गत अक्टोबरमा भने फ्लोरिडा सहरका एक १४ वर्षीय किशोर एआईसँग भावनात्मक रूपमा नजिकिएको र पछि एआईले उक्साएपछि आत्महत्याको बाटो रोजेको भन्ने समाचार आएको थियो ।

निष्कर्ष

एनईबी रिजल्ट्स एन्ड न्युज, नेपाल न्युज अपडेट, ओपन खबर र सुनसरीपाना नामक फेसबुक पेजले दाबी गरेको जस्तो ‘एआईसँग भावनात्मक रूपमा नजिकिएपछि मानसिक स्वास्थ्य बिग्रिंदा ४ वर्षीया बालिकाले आत्महत्या’ गरेको घटना बाहिर आएको छैन । इन्टरनेटमा उपलब्ध कुनै पनि समाचार स्रोतबाट यो घटनाको आधिकारिता पुष्टि हुन आएन । गत अक्टोबरमा अमेरिकाको फ्लोरिडा सहरका १४ किशोर एआईसँग भावनात्मक रूपमा नजिकिएको र एआईले उस्काएपछि फेब्रुअरीमा आत्महत्याको बाटो रोजेको घटना बाहिर आएको थियो । यसर्थ एनईबी रिजल्ट्स एन्ड न्युज लगायतका पेजले ४ वर्षीया बालिकालाई जोडेर मिथ्या सूचना फैलाएको टेकपाना फ्याक्टचेक डेक्सले पुष्टि गरेको छ ।

 प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ २१:५९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट