२०८२ मंसिर ६ शुक्रबार
२०८२ मंसिर ६ शुक्रबार

गृहमन्त्रीलाई सुरुमै जवाफ दिएर लुसुक्क हिँड्न नदिने रास्वपाको अडान

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्ने भएको छ।

आज संसदीय दलको वैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीलाई सुरुमै जवाफ दिएर लुसुक्क हिँड्न नदिने बताएका हुन्।

आफूहरूसँग भएको सूचना र प्रमाणका आधारमा पछिल्लो पटक गृहमन्त्री लेखकको बारेमा भिजिट भिसाका विषयमा आएका विषयवस्तुबारे प्रश्न गर्ने रास्वपा सांसद  झाले बताए।

गृहमन्त्रीबारे हाम्रो रणनीति के हुने भन्ने विषयमा आवश्यक छलफल गर्‍यौं,’ बैठकपछि सांसद झाले भने, ‘सबैको अभिमत सुनेर नेतागणले रणनीतिक तयारी गरिरहेका छौं।’

उनले भने, पहिले हामीले प्रश्न सोध्न पाउनुपर्यो। सोध्दै नसोधेको प्रश्नको जवाफ दिएर हुँदैन। हामीले प्रश्नै सोध्न नपाइकन जवाफ दिएर लुसुक्क हिँड्न दिँदैनाैं। प्रश्न सोध्न पाउनुपर्छ। उहाँलाई के थाहा छ हामीसँग के के प्रमाण छ, कस्ता सूचना छन् भन्ने।’

Ncell 2
Ncell 2

गतवर्ष आफ्नो पार्टीको सभापति रवि लामिछानेबारे प्रश्न उठ्दा २२ वटा बैठक कांग्रेसले अवरोध गरेको पनि भोलि स्मरण गराइने झाले बताएका छन्।

उनले भने,  ‘उहाँहरुले हाम्रो सभापतिलाई दुई महिनासम्म बोल्न रोक्नुभएको थियो। तर, हामी त्यस्तो गर्दैनौं। हामी उहाँहरुको भन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउनेछौं।’

कांग्रेस पदाधिकारी वैठकले लेखकलाई क्लीन चिट दिन खोजेको भन्दै रास्वपाले आपत्ति जनाएको छ।

रास्वपाले यसअघि नै गृहमन्त्री लेखकको राजीनामा माग गर्ने निर्णय गरिसकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट