२०८२ जेष्ठ ११ शनिबार
LATEST NEWS
२०८२ जेष्ठ ११ शनिबार

गृहमन्त्री लेखकबारे सामाजिक सञ्जाल र मिडियामा आएका समाचार भ्रामक हुन्: मन्त्रालय

काठमाडौँ  । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित घटनालाई लिएर गृहमन्त्री रमेश लेखकबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचारहरू भ्रामक, कपोकल्पित र आधारहीन भएको दाबी गरेको छ ।

शनिबार मन्त्रालयका सहसचिव छवि रिजालले जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्रालयको नेतृत्व (गृहमन्त्री) लाई जोडेर आएका समाचारको खण्डन गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवं टिप्पणीप्रति प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारका कपोकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ ।” ​​​

“…यस्ता कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं । साथै, विषयको गाम्भीर्यतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं ।”

शान्ति सुरक्षा र सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको भन्दै अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अपनाइएको मन्त्रालयको दाबी छ ।

विमानस्थल अध्यागमन कार्यालयसम्बन्धी प्रकरणबारे अनुसन्धानपछि यथार्थ बाहिर आउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा मन्त्रालयको पूर्ण सहयोग रहने विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्: भिजिट भिसा प्रकरण: सामाजिक सञ्जालमा चर्को आलोचनापछि गृहमन्त्रीले भने- २-४ दिनमा आफैँ बोल्छु

पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ १८:४६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट