२०८२ जेष्ठ १२ आईतवार
LATEST NEWS
२०८२ जेष्ठ १२ आईतवार

प्राडा विकास गौचनको नेतृत्वमा राष्ट्रिय चिकित्सक संघ नेपालको ४१ सदस्यीय कार्यसमिति

काठमाडौं- राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा प्राडा विकास गौचन निर्वाचित भएका छन् । चितवनमा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट प्राडा गौचनको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरिएको हो।

संघको उपाध्यक्षमा डा मिलन गैह्रे, डा महेश महासेठ र डा चण्डिका पण्डित निर्वाचित भएका छन्। यस्तै महासचिवमा डा सम्राट पराजुली निर्वाचित भएका छन् ।

सचिवमा डा अरुण उप्रेती, डा अमन न्यौपाने, डा आधिराज आचार्य र डा वर्षा थापा रहेका छन् ।

४१ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९ जना पदाधिकारी हुन् भने बाँकी ३२ जना केन्द्रीय सदस्यहरु हुन् ।

नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने बताइएको छ ।

अध्यक्षमा निर्वाचित  प्राडा गौचन को हुन् ?

२०४० सालमा मुस्ताङको लेतेमा जन्मेका विकास गौचन गण्डकी प्रदेशको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक पदमा विगत ४ वर्षदेखि कार्यरत छन्। डा गौचनले जीवनको महत्वपूर्ण एक दशक सुदूर पहाडको अछाम जिल्लामा स्वास्थ्य सेवा दिएका थिए। २०६४ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस सकाएर डाक्टर गौचन अछाम पुगेर बयालपाटा अस्पतालमा यस क्षेत्रका नागरिकलाई सेवा दिन सुरु गरेका थिए। बयालपाटामा रहदाँका बखत नै २०७१  श्रावणमा डाक्टर गौचनले एमडीजीपी पूरा गरेका थिए। 

दुर्गम क्षेत्रमै जन्म हुर्केका डा गौचनलाई स्वास्थ्यमा दुर्गमका जनताको पहुँचको जटिलता, सेवा पाउनुका कठिनाई देखेका कारण दुर्गममा बसेर जनताको सेवा गर्नुपर्छ भन्ने सोचले उनले एमडीजीपी रोजेका थिए। 

दुर्गमको स्वास्थ्य समस्यालाई नजिकबाट चिनेका डाक्टर गौचले सो क्षेत्रको स्वास्थ्य सेवा सुधार गर्ने दृढ ईच्छाशक्ति लिएर सो बिषय अध्ययन पुरा गरे पश्चात महत्वपूर्ण एक दशक दुर्गम ठाउँकै स्वास्थ्य सुधारमा नेतृत्वदायी भूमिका सहित तथा उपचारात्मक सेवा दिएका थिए। 

हाल पोखरामै रहेर पनि डा गौचनले त्यहाँका अस्पतालको स्वास्थ्य सेवा सुधार र गुणस्तरिय बनाउन प्रभावकारी भुमिका निर्वाह गरिरहेका छन्। नीति निर्माणको प्रक्रियामा समेत सहभागी भएर दुर्गमको स्वास्थ्य सुधारमा उनी प्रयत्नशील रहेका छन्। कोभिड १९ को महामारीकै बेला डाक्टर गौचनले सरुवा तथा संक्रामक रोग अस्पतालको सेवा सुधार संगै प्रत्यक्ष आफैँ संलग्न भएर बिरामीलाई समेत स्वास्थ्य सेवा दिएका थिए। 

केही महिनाअघि उनी विश्व पारिवारिक चिकित्सक संगठन (वन्का रुरल)को दक्षिण एशियातर्फको सहअध्यक्षमा निर्वाचित भएका थिए। विश्वभरीका एमडिजिपी चिकित्सकहरुकोे संस्था विश्व पारिवारिक चिकित्सक संगठन (वन्का रुरल)को सहअध्यक्षमा नेपालबाटै पहिलोपटक दक्षिण एशिया क्षेत्रको सहअध्यक्षमा चयन भएका हुन्। 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट