२०८२ जेष्ठ ११ शनिबार
२०८२ जेष्ठ ११ शनिबार

जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ

बाँके–जग्गासम्बन्धी कार्यमा घुस माग्दै गरेको आरोपमा बाँके जिल्लाको कोहलपुरस्थित मालपोत कार्यालयका एक खरिदारसहित तीन जना पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी (विचौलिया) शान्ती पुन र तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारीलाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो।

Ncell 2
Ncell 2

आयोगको बुटवल कार्यालय र नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उजुरीका आधारमा अनुसन्धान गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। आयोगका अनुसार खरिदार पाण्डेले कोहलपुर मालपोत कार्यालयको मुद्दाफाँट शाखामा कार्यरत रहँदा जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु. २० हजार घुस मागेका थिए।

सेवाग्राहीसँग मागिएको घुस रकम लेखापढी व्यवसायी शान्ती पुनमार्फत तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिइएको थियो। सोही रकमसहित तिनै जनालाई कोहलपुर नगरपालिका वडा नं. ११ स्थित तिवारी रेष्टुरेण्टबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट