काठमाडौं- राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन चितवनमा सुरु भएको छ।
शुक्रबार सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ।
संघले बिहिबार नै काठमाडौँमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी पुरा भएको जानकारी गराएको थियो।
राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा जागेश्वर गौतमले चितवनमा हुने दुई दिने सम्मेलनले संघको नयाँ नेतृत्व समेत तयन गर्ने बताएका थिए।
चिकित्सकहरुको पेशागत हकहित र अधिकारका लागि संघ सधैं क्रियाशिल रहेको अध्यक्ष डा गौतमले बताए।
उक्त संगठनले पछिल्लो समय चिकित्सकहरुलाई स्वदेशमा बस्ने बातावरण बनाउन राज्यलाई दबाब दिइरहेको उनले उल्लेख गरेका छन्।
कार्यक्रममा राष्ट्रिय चिकित्सक संघका सल्लाहकार डा कृष्ण अधिकारीले श्रम ऐन अनुसार चिकित्सकहरुले सुविधा पाउन नसकेको भन्दै त्यसका लागि संघले आवाज उठाएको बताए।
सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी छ। डा विकास गौचनलाई अध्यक्ष बनाउने आन्तरिक तयारी रहेको बुझिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

