२०८२ जेष्ठ ११ शनिबार
२०८२ जेष्ठ ११ शनिबार

अब सबै ग्रुपमा ह्वाट्सएपको ‘भ्वाइस च्याट’ सुविधा, च्याटमै लाइभ कुराकानी गर्न सकिने

काठमाडौँ । ह्वाट्सएपले सबै प्रकारका ग्रुपमा ‘भ्वाइस च्याट’ सुविधा उपलब्ध गराएको छ ।  यसअघि ३३ देखि २५६ मेम्बरसम्मका ठुला ग्रुपमा मात्र उपलब्ध यो सुविधा अब साना ग्रुपका लागि पनि खुला गरिएको हो ।

कम्पनीका अनुसार नयाँ अपडेटपछि कुनै पनि ह्वाट्सएप ग्रुपमा ‘लाइभ अडियो च्याट’ सुरु गर्न सकिनेछ । यसमा प्रयोगकर्ताले ग्रुप च्याटमै बसेर वास्तविक समयमा कुराकानी गर्न सक्नेछन् ।

‘अडियो ह्याङआउट’ भनिएको यो फिचरले ग्रुपमा सीमित मेम्बरबिच पडकास्टजस्तो भ्वाइस कुराकानी गर्न सकिने सुविधा दिन्छ । भ्वाइस च्याट सुरु गर्दा सहभागीहरूलाई छुट्टै नोटिफिकेसन या रिङ नजाने व्यवस्था गरिएको छ । जसले गर्दा प्रयोगकर्ताले आफूले चाहेको समयमा च्याटमा जोडिन वा बाहिरिन सक्नेछन् ।

भ्वाइस च्याटको कन्ट्रोल स्क्रिनको तल राखिने भएकाले यसलाई सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । ग्रुपमा नयाँ मेम्बरले पनि च्याटमा सहभागी हुनेबित्तिकै कुन-कुन प्रयोगकर्ता पहिल्यैदेखि च्याटमा छन् भन्ने देख्न सक्नेछन् ।

यो सुविधा सुरु गर्न प्रयोगकर्ताले ह्वाट्सएप ग्रुपको च्याट बक्सको तलबाट स्वाइप गरी केहीबेर होल्ड गर्नुपर्छ । हाल यो सुविधा तीन सदस्य भएको ग्रुपमा परीक्षण गर्दा पनि सहजै काम गरिरहेको देखिएको छ ।

कम्पनीले यो फिचर अहिले किन ल्याएको भन्ने जानकारी नदिए पनि अन्य च्याट, कल र मिडियाजस्तै यो भ्वाइस च्याट पनि इन्ड-टु-इन्ड इन्क्रिप्सनले सुरक्षित हुने जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ १०:३३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट