२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

गन्तव्य मुलुकमा आइपर्ने स्वास्थ्य समस्याको उपचारको दायित्व रोजगारदाता मुलुककैः स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं । रोजगारीका लागि आउने आप्रवासी श्रमिकको स्वास्थ्य उपचारको जिम्मेवारी सम्वन्धित रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मा लैजाने भएको छ । सो प्रस्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य संगठन अन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको हो ।
विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलका अनुसार अन्य देशहरूमा कामदार पठाउने मुलुकहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले लैजाने गरी तयारी गरेको हो । यसबाट नेपालजस्ता विपन्न राष्ट्रहरूलाई प्रत्यक्ष लाभ पुग्ने मन्त्री पौडेलले बताए ।मन्त्री पौडेलले यस वर्ष यसबारे जानकारी गराएको र वर्षभर त्यसको प्रक्रिया अगाडि बढ्ने बताए । ‘नेपाल प्रस्तावक भएर श्रम भिसाअन्तर्गत जुनसुकै देशमा गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगार दाता राष्ट्रले लिनुपर्ने व्यवस्थाका निम्ति नेपालले प्रस्ताव गर्दैछ । त्यसको तयारी गरेका छौँ ।’
यो प्रस्ताव डब्ल्युएचओबाट पास हुने स्थिति बन्यो भने विदेश जानुभन्दा पहिला, गइसकेपछि र फर्किंदा स्वास्थ्य सहयोग हुनेछ भने स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्ने उनले बताए ।
‘अहिलेसम्म महाव्यधि भएको अवस्थामा अनिवार्य रूपबाट डब्ल्यूएचओले सहयोग गर्नुपर्ने अवस्था बनेको थिएन,’ उनले भने, ‘यो सभासभापछि महामारी भएको मुलुकमा अनिवार्य रूपमा डब्ल्यूएचओले सहयोग प्रदान गर्ने स्थिति यो प्रस्ताव पास भएपछि बनेको छ ।’ यसपटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी गराएको उनले जानकारी दिए ।
‘हामीले धेरै लामो समयपछि नेपाल मात्र होइन, अन्य देशहरूमा कामदार पठाउने मुलुकहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थितिलाई हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले आगामी वर्ष लैजाने गरी तयारी गरेको छ,’ उनले भने ।
‘अहिले उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति छ । उपचार गर्दा खर्चको कारणले पूर्ण रुपमा उपचार नहुने स्थिति छ । कतिको खर्चका कारणले उपचार नहुने स्थिति छ । कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति छ,’ उनले भने, ‘रोग बोकेर आउनुपर्ने स्थिति र बाध्यतालाई अन्त्य गर्न श्रम गर्न गएको देशले नै उसको स्वास्थ्यको सम्पूर्ण जिम्मा लिनुपर्ने स्थिति बनाउनका निम्ति प्रस्ताव लैजान खोजिरहेका छौँ ।’

सामाग्री श्रोत :
deshparadesh

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट