जनकपुरधाम–मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हेरफेर र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीले उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयमा बसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्रालयमा सञ्जय कुमार यादवलाई मन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको हो।
प्रमुख प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले मन्त्री हेरफेर तथा मन्त्रिपरिषद् पुर्नगठन भएको सूचना जारी गरेका हुन्। प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्ति, हेरफेर र कार्य विभाजनसहित मन्त्रिपरिषद्को पुनर्गठन गरेको सूचनामा उल्लेख छ।
जनमतबाट यसअघि उद्योगमन्त्री सकिल मिया अनन्सारी र वनमन्त्री त्रिभुवन साह थिए।एक वर्षको कार्यकाल मुल्यांकन गर्दै पार्टीको नीति अनुरुप मन्त्री हेरफेर गरिएको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिक्रिया दिइसकेका छन्।

स्रोतका अनुसार नवनियुक्त मन्त्रीद्वयलाई आजै पद तथा गोपनियताको शपथग्रहण गराउने कार्यक्रम राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ