२०८२ जेष्ठ ९ बिहीबार
LATEST NEWS
२०८२ जेष्ठ ९ बिहीबार

राजस्व छलेर मोबाइल सामग्री तस्करी गर्ने गिरोह प्रहरी फन्दामा

काठमाडौँ । राजस्व छली गरी चोरी पैठारी ल्याइएका मोबाइल तथा मोबाइल सम्बन्धित पार्टपुर्जासहित आठ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको चःमती क्षेत्रबाट सिकन्दर रजा सहित ८ जनालाई पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न कम्पनीका मोबाइल तथा पार्टपुर्जाहरू राजस्व छलेर चोरी पैठारी गरी काठमाडौँ ल्याई विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा मंगलबार उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई मोबाइल पार्टपुर्जासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा झापा जिल्लाका २७ वर्षीय रोशन कुमार महतो, महोत्तरीका २१ वर्षीय सिकन्दर रजा रहेका छन् भने बाँकी ६ जना भारतीय नागरिक रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको छ ।

पक्राउ पर्नेहरूबाट ४४० थान ब्याट्री जडित मोबाइल डिस्प्ले, १४० थान ब्याट्री नभएका डिस्प्ले, रेडमीको एक थान ट्याब्लेट, एप्पल म्याकबुक, डेल ल्यापटप, १४ सय थान केबुलसहितको चार्जर, १,१५० थान मोबाइल ब्याट्री र एक लाख आठ हजार ५ सय नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ १६:३८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट