२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

जेनेभाबाट फर्किएपछि स्वास्थ्यमन्त्री पौडेलले भने- नेपालले स्वास्थ्य क्षेत्रमा सुधार गरेको भान विश्वमा परेको छ

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालले स्वास्थ्य क्षेत्रमा गरेका सुधार गरेको भान विश्वका धेरै मुलुकमा परेको बताएका छन्। 

विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका स्वास्थ्यमन्त्री प्रदीप पौडेल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। यसपटकको विश्व स्वास्थ्य संगठन महासभामा नेपालको सहभागिता केही फरक विषयवस्तुहरू सहित विगतका भन्दा फरक किसिमको रहेको मन्त्री पौडेलको दाबी छ। 

नेपालले  सुर्तीजन्य पदार्थको खोलमा पूर्णरुपमा चेतावनीमूलक सन्देश राख्नुपर्ने निर्णय गरेकोमा धेरै मुलुकले त्यसको खुलेर प्रशंसा गरेको मन्त्री पौडेलले बताए। 

मन्त्री पौडेलेले थपे ‘नेपालको उक्त निर्णयका लागि विश्व स्वास्थ्य संगठनले नेपाललाई पुरस्कृत समेत गरेको छ’,‘नेपालले मातृ मृत्युदर घटाएको विषयलाई पनि प्रमुख उपलब्धिको रुपमा विश्वले हेरेको पाइयो’। 

वैदेशिक रोजगारीका लागि गएका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य संगठन अन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको मन्त्री पौडेलले जानकारी दिए। उक्त  प्रस्ताव नेपालमा मात्र नभई विश्व स्वास्थ्य संगठनका धेरै राष्ट्रहरूमा लागु हुन आवश्यक रहेको मन्त्री पौडेलले बताए।  

त्यसका साथै मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझै सुमधुर बनाउने, भारतसँग रहेका स्वास्थ्य सम्बन्धी विषयहरूमा आपसी समझदारीमा अगाडि बढ्ने, चीनका तथा बेलायतका प्रतिनिधिहरूसँग पनि स्वास्थ्य सम्बन्धी विषयहरूमा मिलेर अगाडि बढ्ने लगायतका प्रस्ताव राखिएको मन्त्री पौडेलले जानकारी दिए। समझदारी  स्विजरल्याण्डको औषधि आयातमा नेपाललाई सहुलियत प्रदान गर्नका लागि मन्त्री पौडेलले प्रस्ताव गरेको बताए। 

आगामी दिनमा स्वास्थ्य क्षेत्रमा सकारात्मक सहयोग हुनेमा सकारात्मक रहेको मन्त्री पौडलको जिकिर छ। नेपालमा आगामी वर्ष क्लाइमेट हेल्थ समिटको आयोजना गरिने विषय पनि मन्त्री पौडेलले सम्मेलनमा जानकारी गराएका थिए।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट