२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत

काठमाडौं– चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ श्ययाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ। 

जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रुपमा सो स्थानमा नयाँ अस्पताल बन्न लागेको हो। 

यसका लागि जर्मन विकास बैंक ( केएफडब्लु) ले प्रारम्भिक खाका स्वीकृत गर्दै विस्तृत खाकाको तयारी थालेको जानकारी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चन्द्रागिरि नगरपालिकालाई जानकारी गराएको छ।

यो खाकाकोे तयारीसँगै अव भवन बनाउन बोलपत्रको बाटो खुला भएको छ भने  छिट्टै बोलपत्र आह्वान हुने जनाइएको छ। विस्तृत खाका तयार गर्नका लागि स्थलगत अध्ययन गर्न केएफडब्लुको केन्द्रिय कार्यालय जर्मनको बर्लिनबाट उच्चस्तरीय टोलीले बुधबार अस्पताल बन्न लागेको स्थानको अवलोकन एवम् चन्द्रागिरि नगरपालिकाका प्रमुखसहित अन्य जननिर्वाचित प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, जनस्वास्थ्य शाखा एवं अन्य उच्च प्राविधिक कर्मचारीसँग छलफलसमेत गरेको छ। 

छलफलमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहजीकरण गर्दै आएको र आगामी दिनमा सहजीकरण जारी राख्ने जानकारी सो उच्च स्तरीय टोलीलाई दिए। उनले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नगरपालिका र केएफडब्लुबीचका अस्पतालका विषयमा भूमिका स्पष्ट पारिसकिएको बताए। 

उहाँले भन्नुभयो, “केएफडब्लुले अस्पतालको प्रारम्भिक खाका स्वीकृत गरेकामा धन्यवाद दिन चाहन्छु। अब म  अस्पतालको विस्तृत खाका तयार गर्न र बोलपत्र आह्वान गरेर थप काम  सुरु गर्न आग्रह गर्दछु।”केएफडब्लु टोलीका  मिसेल स्वीपर, प्राडा योर्क ह्युकेल्बक, रेबिक्का ट्रेइगर, निकोल आना पास्कल जिनेन र स्टुआर्ट किङले छलफलका क्रममा राख्नुभएको जिज्ञासालाई नगर प्रमुख गिरीले जवाफ दिँदै विशेषज्ञ अस्पताल बनाउन स्थानीय सरकारले आवश्यक सबै समन्वय गर्ने गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

छलफलमा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, नगरप्रवक्ता एवं चन्द्रागिरि–४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, सामाजिक विकास समितिका संयोजक एवम् चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, चन्द्रागिरि–११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ, चन्द्रागिरि–५ का वडाध्यक्ष राजेन्द्र महर्जनलगायत कार्यपालिका सदस्य एवं उच्चतहका कर्मचारीको उपस्थिति थियो।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट