२०८२ जेष्ठ ९ बिहीबार
LATEST NEWS
२०८२ जेष्ठ ९ बिहीबार

यी ७३ इन्टरनेट सेवा प्रदायकले तिरेनन् रोयल्टी र आरटीडीएफ शुल्क, १५ दिनभित्र बुझाउन ताकेता

काठमाडौँ । विभिन्न ७३ इन्टरनेट सेवा प्रदायकले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष रकम नतिरेको पाइएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले राज्यलाई तिर्नुपर्ने राजस्व नतिर्ने सेवा प्रदायकको सूची सार्वजनिक गरेको छ ।

यसअन्तर्गत क्लासिक टेक, डिश मिडिया नेटवर्क, वेबसर्फर, वाईफाई नेपाल, टेकमाइन्ड्स नेटवर्क, एरोनेट, मर्कन्टाइल कम्युनिकेसन्स, ब्रोडब्यान्ड न्पाल, एभरेष्ट लिंक, इस्ट लिंक, जानकी नेट, कालिका नेट, लगायत छन् ।

यी सेवा प्रदायकहरूले विगत केही वर्षदेखि सरकार र प्राधिकरणमा अनिवार्य रूपमा बुझाउनु पर्ने लेखापरीक्षण प्रतिवेदन, रोयल्टी रकम तथा कोष वापतको रकम तोकिएको समयमा नबुझाएको सूचनामा उल्लेख छ । पटक-पटक पत्राचार, ईमेल र सूचना मार्फत जानकारी गराउँदा समेत ती कम्पनीहरूले अहिलेसम्म बक्यौता रकमसहित विवरण नबुझाएपछि प्राधिकरणले १५ दिनको अल्टिमेटम दिएको हो ।

यस अवधिमा पनि विवरण नबुझाए दूरसञ्चार ऐन, २०५३ बमोजिम लाइसेन्स खारेजीसम्मको कारबाही हुनसक्ने प्राधिकरणले चेतावनी दिएको छ ।

रोयल्टी तथा आरटीडीएफ शुल्क दाखिला नगर्ने सेवाप्रदायकहरू













































































S.N. Name of the Licensee
1 Airson Internet Pvt. Ltd.
2 Alisha Communication Link Pvt. Ltd.
3 Arrownet Pvt. Ltd.
4 Beni Communications Pvt. Ltd.
5 Big Marshyandi Net Pvt. Ltd.
6 Broad Band Nepal Pvt. Ltd.
7 Broad Link Network & Commun. Pvt. Ltd.
8 Broadband Solutions Pvt. Ltd.
9 Classic Tech Pvt. Ltd.
10 Clean Network Pvt. Ltd.
11 Communications & Communicate Nepal Pvt. Ltd.
12 Cosmic Net Pvt. Ltd.
13 Direct Media Pvt. Ltd.
14 Dish Media Network Limited
15 Divine Stream Network Pvt. Ltd.
16 Chitrawan Unique Net Pvt. Ltd. (Doen)
17 EastLink Technology Pvt. Ltd.
18 E-link Net Pvt. Ltd.
19 Everest Link Pvt. Ltd.
20 Everest Wireless Network Pvt. Ltd.
21 Fiberworld Communication Pvt. Ltd.
22 Firstlink Communications Pvt. Ltd.
23 G.R.S.Link Internet Service Pvt. Ltd.
24 Gandaki Communication Pvt. Ltd.
25 Goreto Communication Pvt. Ltd.
26 Himalayan Online Services Pvt. Ltd.
27 I. Zone Pvt. Ltd.
28 Infonet Communications Pvt. Ltd.
29 Internet Harbor Pvt. Ltd.
30 Itel Networks Pvt. Ltd.
31 Janaki Net Pvt. Ltd.
32 Japan Nepal Inf. Commun. Technology Pvt. Ltd.
33 Kalika Net Pvt. Ltd.
34 Khaptad Net Pvt. Ltd.
35 Konnect Nepal Networks Pvt. Ltd.
36 Kriti Darshan Media Pvt. Ltd.
37 Kshireshwar Network Pvt. Ltd.
38 Lumbini Max Digital Pvt. Ltd.
39 Made Info Tech Pvt. Ltd.
40 Mercantile Communications Pvt. Ltd.
41 Metrolink Business Group Pvt. Ltd.
42 Neolink Pvt. Ltd.
43 Nepal Air Link Pvt. Ltd.
44 Nepal Net Sanchar
45 Net Max Technologies Pvt. Ltd.
46 Next Geekers Pvt. Ltd.
47 Nimble Network Pvt. Ltd.
48 Numbur Network Pvt. Ltd.
49 Oasis Broadband Internet Pvt. Ltd.
50 P.D.S Server Network Pvt. Ltd.
51 Pals Network Pvt. Ltd.
52 Prime Network Pvt. Ltd.
53 Shangrila Informatics Pvt. Ltd.
54 Shikhar Net Pvt. Ltd.
55 Simple Media Network Pvt. Ltd.
56 Sinko I.T. Engineering Pvt. Ltd.
57 Smart Link Network Pvt. Ltd.
58 SmartLink Telecommunications Pvt. Ltd.
59 Super Sitapaila Cable Net Pvt. Ltd.
60 Supereight Networks Pvt. Ltd.
61 Techminds Network Pvt. Ltd.
62 Udaya Cable Network Pvt. Ltd.
63 Ultranet Communication Pvt. Ltd.
64 Unified Communication Pvt. Ltd.
65 Unite Networks Pvt. Ltd.
66 Virtual Network Pvt. Ltd.
67 Web Networks Pvt. Ltd.
68 Web Surfer Nepal Communications Pvt. Ltd.
69 Wi Fi H.D. Nepal Pvt. Ltd.
70 Wifi Nepal Pvt. Ltd.
71 Wifi Tech Nepal Pvt. Ltd.
72 World Fiber Net Pvt. Ltd.
73 Zishan Network Pvt. Ltd.

पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ ७:५३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट