२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

गुगलको ‘एआई मोड’ लाई मिडियाले दिए चोरको संज्ञा- ‘हाम्रो कन्टेन्ट उठाएर नाफा कुम्ल्याउने ?

काठमाडौँ । अमेरिकाको ठुला समाचार प्रकाशकको प्रतिनिधित्व गर्ने एक व्यापारिक संघले गुगलको नयाँ फिचरको आलोचना गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै न्युज/मिडिया एलायन्सले एआई मोड फिचरले समाचार प्रकाशकलाई ट्राफिक र आम्दानी दुवैबाट वञ्चित गरिरहेको भन्दै चोरको संज्ञा दिएको हो ।

गुगलले मङ्गलबार आफ्नो वार्षिक कार्यक्रम ‘गुगल आई/ओ’मा ‘एआई मोड’ फिचर अमेरिकाका सबै प्रयोगकर्ताका लागि विस्तार गर्ने घोषणा गरेको थियो । यो फिचर सर्चभित्रै एक नयाँ ट्याबको रूपमा देखा पर्ने कम्पनीले जनाएको छ । यससँगै अब प्रयोगकर्ताले केही जानकारी खोज्दा ‘एआई मोड’ले सान्दर्भिक वेबसाइट लिङ्कको सूचीसँगै एआईले तयार पारेको रिजल्ट देखाउँछ ।

“प्रकाशकलाई ट्राफिक र आम्दानी दिनका लागि लिङ्क नै अन्तिम विकल्प थियो,” न्युज/मिडिया एलायन्सकी सीईओ तथा अध्यक्ष डेनियल कोफीले विज्ञप्तिमा भनेकी छिन्, “नयाँ फिचर आएसँगै अब गुगलले जबरजस्ती हाम्रा कन्टेन्ट लिन्छ र त्यसको कुनै प्रतिफल दिँदैन । यो चोरीको परिभाषा हो । एकै कम्पनीले इन्टरनेटमा निरन्तर प्रभुत्व जमाउनबाट रोक्नको लागि न्याय मन्त्रालय (डीओजे)ले यसलाई सम्बोधन गर्नुपर्छ ।”

गुगल सर्च प्रमुख लिज रिडले अदालतमा बयान दिंदै प्रकाशकले कुन फिचरमा देखिने र कुनमा नदेखिने भनेर छुट्टै रोज्न पाउने व्यवस्था गर्नुपरेमा धेरै जटिलता आउने बताएकी थिइन् । उनले भनेकी थिइन्, “यदि प्रकाशकले ‘म यो फिचरमा त देखिन चाहन्छु, तर त्यो फिचरमा होइन’ भनेको खण्डमा त्यसो गर्नु सम्भव हुँदैन । उनले थपिन्, “प्रकाशकले भनेको जस्तो गर्न हरेक फिचरका लागि अलग-अलग सिस्टम बनाउनुपर्ने हुन्छ जुन निकै कठिन हुन्छ ।”

पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ ९:४८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट