२०८३ असार ३ बुधबार
LATEST NEWS
२०८३ असार ३ बुधबार

बिहीबार उपस्थित हुनेगरी छुटे गृहका सहसचिव भट्टराई

काठमाडौं। गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार उपस्थित हुनेगरी छाडेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो।

उनको मोबाइल भने अख्तियारले आफ्नै नियन्त्रणमा राखेको छ। काठमाडौंबाट पक्राउ परेका भट्टराईलाई लगत्तै टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लगिएको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने काममा उनी संलग्न रहेको पाएपछि अख्तियारले पक्राउ गरेको थियो।

उनलाई मंगलबार मात्रै गृह मन्त्रालयले सरूवा गरेको थियो। उनको सट्टामा पाँचथरमा प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालाको सरूवा भएको छ।


सामाग्री श्रोत :

बिहीबार उपस्थित हुनेगरी छुटे गृहका सहसचिव भट्टराई

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट