२०८३ असार ३ बुधबार
LATEST NEWS
२०८३ असार ३ बुधबार

लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि युएनएफपिए र मनकामना दर्शन प्रालीबीच सहकार्य हुने

काठमाडौं- संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी संस्था युएनएएफपिए र मनकामना दर्शन प्रालीले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धि र सरकारी निजी साझेदारी मार्फत समुदायको सुदृढीकरणका लागि सहयोग सम्झौता गरेका छन्।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा टेवा दिन पर्यटन क्षेत्रको एक अग्रणी संस्था मार्फत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी सूचना सामग्री क्षमता तथा रोजगार सहयोगको क्षेत्रमा काम गर्ने सम्झौता भएको हो।

काठमाडौंमा जेठ ६ मा गरिएको उक्त सम्झौतामा युएनएएफपिएको तर्फबाट याेन याेङ हङ र मनकामना दर्शन प्रणालीका तर्फबाट एशू श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

यस समझदारी मार्फत दुवै पक्षले आगामी दुई वर्षसम्म पैरवी र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्दै महिला तथा किशोरीलाई सूचना प्रदान गर्ने र हिंसा प्रभावितका लागि पुनर्स्थापनाका अवसरहरू प्रदान गर्ने वातावरण निर्माण गर्ने उल्लेख छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट