२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

आफ्नै फोल्डेबल ल्यापटप ल्याउने तयारीमा अमेजन

काठमाडौँ । ह्वावेले फोल्डिङ स्क्रिन भएको नयाँ ल्यापटप सार्वजनिक गरेको भोलिपल्टै अमेजनले पनि यस्तै डिभाइसको तयारी गरिरहेको समाचार बाहिर आएको छ । सप्लाई चेनसम्बन्धी सूचना दिने विश्वसनीय स्रोत मिङ-ची कुओका अनुसार अमेजनले पनि ह्वावेकै जस्तै ल्यापटप विकास गरिरहेको छ । कुओ प्रायः एप्पलसम्बन्धी सूचनामा विशेषज्ञ मानिन्छन् ।

‘मेटबुक फोल्ड अल्टिमेट’ मोडेलको ह्वावे ल्यापटपको स्क्रिन फोल्ड गर्दा १३ इन्चको ल्यापटप जत्तिकै देखिन्छ भने अनफोल्ड गर्दा १८ इन्चको स्क्रिन उपलब्ध हुन्छ ।

यस्तै फोल्डिङ स्क्रिन भएको ल्यापटपमा एप्पलले पनि काम गरिरहेको चर्चा गरिन्छ । कुओका अनुसार एप्पलको यस्तो ल्यापटप सन् २०२७ वा २०२८ तिर मात्रै ठुलो परिमाणमा उत्पादनमा जानेछ । अमेजनले भने त्यसभन्दा एक वर्ष अघिदेखि अर्थात् सन् २०२६ वा २०२७ तिर उत्पादन सुरु गर्ने अनुमान गरिएको छ ।

तर, यी ल्यापटपहरू कुन अपरेटिङ सिस्टममा चल्ने भन्नेबारे अझै स्पष्ट भइसकेको छैन । अमेजनले विन्डोज रोज्छ कि आफ्नै फायर ओएस प्रयोग गर्छ भनेर खुलाइएको छैन । त्यस्तै, एप्पलले म्याकओएस प्रयोग गर्ने कि आईप्याडओएस भन्ने प्रश्न पनि उठिरहेको छ ।

यस्तो प्रविधिको उपकरण बजारमा आउन अझै केही समय लाग्ने भए पनि आगामी महिनाहरूमा थप जानकारीहरू पक्कै आउला ।

 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८२ ९:१४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट