२०८२ जेष्ठ १० शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ १० शुक्रबार

सुर्तीजन्य पदार्थमा कर वृद्धि लगायतमा सरकारलाई सांसद भुसालका ४ सुझाव

काठमाडौं- मानव स्वास्थ्यका लागि हानिकारक सुर्तिजन्य पदार्थमा अधिकतम मात्रामा कर वृद्धि गर्न सांसदले सुझाएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भुसालले उक्त कुरा राखेकी हुन्। 

उनले सरकारलाई बुँदागत रुपमा ४ सुझाव दिएकी छिन्। उनले भनिन्, ‘अधिकतम मात्रामा कर वृद्धि गर्ने, खुल्ला बिक्री वितरणमा नियन्त्रण गर्ने, प्रयोगसम्बन्धी विज्ञापनमा प्रतिबन्ध लगाउने  र पाठ्यक्रममा सुर्तीजन्य पदार्थको हानिकारक असर समावेश गर्ने बताएकी हुन्। 

उनले नेपालमा सुर्तीजन्य पदार्थको सेवन निकै चुनौतीका रुपमा देखा परिरहेको   बताउँदै भनिन्,  ‘कुल जनसंख्याको ३२ प्रतिशतले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांकले देखाउँछ। युवाहरूमा भेप र हुक्काको प्रयोग बढ्दै गएको कुरा चिन्ताजनक रहेको छ। विश्वव्यापी तथ्यांक अनुसार, करिब ३० प्रतिशत क्यान्सरको कारण सुर्तीजन्य पदार्थकै सेवनबाट हुन्छ।’

सुर्तीजन्य पदार्थ सस्तो मूल्यमा सहजै उपलब्ध रहेको बताउँदै विशेषगरी शैक्षिक संस्थाहरू नजिकै रहेका चिया पसल र किराना पसलहरूमा बिक्री वितरण भइरहेको उल्लेख गरिन्। 

उनले थपिन्,  ‘विद्यालय पोसाकमै बालबच्चाहरू सुर्तीजन्य पदार्थको सेवन गरिरहेका भेटिन्छन्। नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन भएपनि त्यसको कार्यान्वयनमा कमजोरी रहेको छ।’
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट