२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

एनआईटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७५/७६ मा केन्द्रमार्फत आरआईएससी र एचसीआई सर्भर खरिदमा उपकरण खरिदमा अनियमितता गरी राज्यलाई पाँच करोड ७९ लाख रुपैयाँ हानि पुर्‍याएको भन्दै सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले पौडेलसहित केन्द्रकै तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक र लेखा अधिकृत नीमबहादुर वली, आपूर्तिकर्ता कम्पनी म्याक्स इन्टरनेसनल प्रालि तथा त्यसका सीईओविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूमाथि मिलेमतोमा स्वार्थ बाझिने गरी लागत अनुमान तयार गरेर सम्झौताअनुसारको सेवा नदिई रकम भुक्तानी लिएको आरोप लगाइएको छ ।

अदालतमा दायर आरोपपत्र अनुसार म्याक्स इन्टरनेशनलले ‘ट्रेनिङ एण्ड वानटाइम इन्स्टलेशन एण्ड कन्फिगुरेशन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकमा दुई करोड ६५ लाख र तीन वर्षको वारेन्टीसहितको ‘अनसाइट सपोर्ट’ शीर्षकमा तीन करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको देखिएको छ ।

तर सम्झौताअनुसार सेवा प्रदान नगरी भुक्तानी लिइएको र खरिद गरिएको उपकरणको मूल्य प्राविधिक विवरणअनुसार अनलाइनमा उपलब्ध विवरणभन्दा बढी देखिएको उजुरीको आधारमा अनुसन्धान गरिएको थियो ।

आयोगले मुद्दामा पौडेलको सिंगापुरस्थित बैंक खातामा म्याक्स इन्टरनेसनलमार्फत ७९ हजार ६४० अमेरिकी डलर जम्मा भएको प्रमाण फेला परेको पनि जनाएको छ । सो रकम भ्रष्टाचारबाट आर्जित लाभका रुपमा संकलन गरिएको अख्तियारको आरोप छ ।

यसअघि पनि सुनिल पौडेलविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा विचाराधीन छ । जसमा तीन करोड आठ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ ११:१७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट