२०८३ असार ३ बुधबार
LATEST NEWS
२०८३ असार ३ बुधबार

सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्‍याएकामा नेपाल पुरस्कृत

काठमाडौं। सूर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याएकाले नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पुरस्कृत गरेको छ।

विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५का लागि नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष सम्मान प्राप्त गरेको हो ।

स्वीट्जरल्यान्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठनको ७९औँ सभामा डब्लुएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले आज उक्त सम्मान नेपाललाई प्रदान गरेका हुन्। सो सम्मान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ग्रहण गरेका थिए।

हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई डब्लुएचओले पुरस्कृत गर्ने गरेको छ। यसअघि नेपालले सूर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था गरिसकेको छ। सो कदमलाई ऐतिहासिक मान्दै नेपाललाई सम्मान गरिएको हो।


सामाग्री श्रोत :

सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्‍याएकामा नेपाल पुरस्कृत

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट