काठमाडौं- सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नीति निर्माणमा पुर्याएको योगदानका लागि नेपाललाई विश्व स्वास्थ्य संगठनले पुरस्कृत गरेको छ। विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवस २०२५ का अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत पुरस्कृत गरिएको हो।
विश्व स्वास्थ्य संगठनको ७९औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई उक्त पुरस्कारबाट सम्मान गरेका छन्।
दक्षिण-पूर्वी एसिया क्षेत्रबाट मन्त्रालयका साथै राष्ट्रिय राजस्व बोर्ड, बंगलादेश, स्टेट टोबाको स्टेट कन्ट्रोल सेल, स्वास्थ्य तथा परिवार कल्याण विभाग, कर्नाटक सरकार, भारत, बैंकका गभर्नर चादचार्त सिट्टीपुन्ट, बैंकक सुर्तीजन्य पदार्थ नियन्त्रण समिति, थाइल्यान्डका अध्यक्ष पुरस्कृत भएका छन्।
मन्त्री पौडेलले सुर्तीजन्य पदार्थको प्याकेट, बट्टा र प्याकिङमा शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्न नियमावली जारी गरेको छ।
सामाग्री श्रोत :
swasthyakhabar

