२०८२ जेष्ठ ६ सोमबार
२०८२ जेष्ठ ६ सोमबार

ओमोडा र जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज’ अफर, चीन घुम्ने मौका

 

काठमाडौँ । नेपालमा ‘ओमोडा एन्ड जेइको’ को आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्स प्रा. लि. ले ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सुरु गरेको छ । जेठ गते, आइतबारबाट सुर भएको यो अफर जेठ १० गतेसम्म चल्नेछ । यस अवसरमा ग्राहकले आफ्नो कुनै पनि गाडी सँग ‘ओमोडा ई-फाइभ’ वा ‘जेइको जे-सिक्स’ साट्न सक्नेछन् ।  

यो योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनु अघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरि ल्याइएको कम्पनीले जनाएको छ ।

यस अफरअन्तर्गत, ग्राहकहरूले नयाँ गाडी खरिदमा नि:शुल्क १ वर्षको बीमा, एउटा नि:शुल्क ७ किलोवाटको चार्जर, ब्याट्रि र मोटरमा ८ वर्ष वा १६०,००० किमिको वारेन्टि प्राप्त गर्न सक्नेछन् । यस्तै ८० प्रतिशत फाइनान्सिङ सहित ५५ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने गाडीहरूको डेलिभरी, जेठ १७ तदनुसार मे ३१ अघि नै बुक गर्ने ग्राहकहरूको लागि अन्य विभिन्न पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

यसमा गाडी डेलिभरी गरिएकोमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन्, एकजनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी पाँच भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् भने दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ । यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । 

पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ १३:३१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट