२०८२ जेष्ठ ६ सोमबार
२०८२ जेष्ठ ६ सोमबार

च्याटजीपीटीमा २० डलर तिर्नुपर्ने भिडिओ च्याटको फिचर जेमिनाईमा निःशुल्क

काठमाडौँ । गुगलले आफ्नो एआई टुल जेमिनाईमा भिडिओ संवाद गर्न सकिने नयाँ सुविधा सबैका लागि उपलब्ध गराएको छ । कम्पनीले केही दिनअघि घोषणा गरेको यो फिचर अब सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध भएको हो ।

यसअघि यस्तै प्रकारको सुविधा ओपनएआईको च्याटजीपीटीमा उपलब्ध थियो । तर, त्यसका लागि प्रयोगकर्ताले मासिक २० डलर शुल्क तिरेर च्याटजीपीटी प्लसको सब्सक्रिप्सन लिनुपर्ने बाध्यता थियो । यता गुगलले भने जेमिनाईमा यो फिचर निःशुल्क उपलब्ध गराएको छ । यसले गर्दा प्रयोगकर्ताले कुनै अतिरिक्त शुल्क बिना नै भिडिओ संवाद गर्न सक्नेछन् ।

जेमिनाईसँग भिडिओ संवाद गर्दा क्यामेरा खुल्छ । क्यामेराले खिचेको दृश्य स्क्रिनमा देखिन्छ । त्यसपछि तपाईंले त्यही दृश्यसँग सम्बन्धित जिज्ञासा जेमिनाईसँग सोध्न सक्नुहुन्छ । तपाईंले केही सोध्नु भएन भने पनि जेमिनाई आफैँले उक्त वस्तु पहिचान गरेर तपाईंलाई जानकारी दिन्छ । 

यो फिचर प्रयोग गर्न सबैभन्दा पहिले जेमिनाई एप खोल्नुहोस् । एप अपडेट गर्नुपर्नेछ भने अपडेट गर्नुहोस् । एप खोलिसकेपछि तल दायाँपट्टि रहेको तीन ओटा लाइनको अप्सनमा ट्याप गर्नुहोस् । यति गरेपछि जेमिनाई लाइभको पेज खुल्छ । 

त्यसमा तलपट्टि बायाँतिर भिडिओको अप्सन देख्न सकिन्छ । भिडिओ संवाद गर्न उक्त अप्सन छान्नुहोस् । डिफल्ट रूपमा पछाडिको क्यामेरा खुलेको हुन्छ । तपाईंले क्यामेरा जता तेर्साउनु भयो त्यहीको दृश्य स्क्रिनमा देखिन्छ । र, जेमिनाईले त्यसैका विषयमा चर्चा गर्न सघाउँछ । तपाईंले अर्को कुनै व्यक्तिलाई भिडिओ कल गरेर क्यामेरा देखाएर सोधे जस्तै जेमिनाईलाई विभिन्न विषयमा सोध्न सक्नुहुन्छ । 

त्यस्तै यसमा स्क्रिन शेयरको फिचर पनि उपलब्ध छ । तपाईंको मोबाइलमा कुनै समस्या आयो वा तपाईंलाई कुनै टिप्स चाहियो भने स्क्रिन शेयर गरेर आफ्नो समस्या राख्नुहोस् । एपले तपाईंलाई गाइड गर्न सक्छ । यसरी विभिन्न तरिकाले जेमिनाईको स्क्रिन शेयर गरेर आफूलाई परेका समस्या समाधान गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ ९:५५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट