२०८२ जेष्ठ ६ सोमबार
२०८२ जेष्ठ ६ सोमबार

‘सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ’

पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरे व्यवस्थापनमा थप सहज हुने धारणा राखेका छन्।

अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवसको अवसरमा पाटन सङ्ग्रहालय विकास समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिका ऐतिहासिक सांस्कृतिक धरोहरलाई जोगाउन लागिपरेको भन्दै सङ्ग्रहालय सञ्चालनको जिम्मेवारी आए थप उत्कृष्ट काम हुने बताए।

‘महानगर बन्न चाहिने एउटा महत्वपूर्ण आधार सङ्ग्रहालय पनि हो तर ललितपुर महानगर आफैंमा एउटा सङ्ग्रहालयजस्तै छ। विगतमा मान्छेभन्दा मूर्ति धेरै भएको क्षेत्रका रूपमा चिनिन्थ्यो तर ७७ वटै जिल्लाबाट उपत्यकामा बसाइँसराइ गरेर आउने जनसङ्ख्याको चापाले यहाँको सङ्ग्रहालय सङ्कटमा छ। यसलाई जोगाउनका लागि पनि स्थानीय सरकारलाई आवश्यक जिम्मा दिनुपर्छ’, प्रमुख महर्जनले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा सुरेश सुरश श्रेष्ठले समाजभित्र भएका सबै चिजहरू सङ्ग्रहालयभित्र अटाउनुपर्ने बताए। ‘सङ्ग्रहालयभित्र सबै कुरा पुरानो हुनुपर्छ भन्ने हैन, मानिसको विकासक्रमदेखि मानिस र समुदायसँग जोडिएका सबै कुरा समेटेर सङ्ग्रहालय बनाउन सकिन्छ। यसले समाजलाई सूचना प्रवाहमार्फत सेवा दिनसक्छ’, उनले भने।

प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले विश्व समुदायले जीवित सङ्ग्रहालयका रूपमा लिएको काठमाडौं उपत्यकाका पुरातात्विक महत्वका सङ्ग्रहालयको संरक्षण गर्नु सबैको दायित्व भएको बताए। पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले आगामी दिन सङ्ग्रहालयको आकर्षण वृद्धिका लागि काम गर्नुपर्ने बताए।

सङ्ग्रहालयको महत्व र विशेषताको स्मरण गराइराख्न संयुक्त राष्ट्र सङ्घले सन् १९८३ मे १८ तारिका दिन गरेको घोषणाअनुसार हरेक वर्ष सोही दिन अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवस मनाइँदै आइएको छ।


सामाग्री श्रोत :

‘सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट