२०८२ जेष्ठ ६ सोमबार
२०८२ जेष्ठ ६ सोमबार

एलन मस्कले एक्समा नाम फेरेपछि १४५ प्रतिशतले बढ्यो ‘केकिअस मेक्सिमस’ मिम क्वाइनको भाउ

काठमाडौं । एलन मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नो डिस्प्ले नाम पुनः परिवर्तन गरेका छन् । यसअघि ‘गोर्कलन रस्ट’ नाम राखेका मस्कले केही दिनमै आफ्नो नाम बदलेर ‘केकिअस मेक्सिमस’ (Kekius Maximus) राखेका हुन् । 

उनको नयाँ प्रोफाइल फोटोमा उनी कवच लगाएको देखिन्छन् जसमा ‘Emperor Kekius Maximus’ ’लेखिएको छ । मस्कले आफ्नो नाम परिवर्तन र नयाँ प्रोफाइल तस्बिरबारे कुनै स्पष्टीकरण दिएका छैनन् । तर, उनले नाम फेर्नासाथ ‘केकिअस मेक्सिमस’ नामक मिम क्वाइनको मूल्य आकाशिएको छ । मस्कले नाम परिवर्तन गरेपछि मिम क्वाइनको भाउ बढेको विषयले अहिले क्रिप्टो बजारमा बजारमा ठुलो हलचल ल्याएको छ ।

 

टेस्ला मालिकसमेत रहेक मस्कले एक्समा आफ्नो नाम परिवर्तन गरेसँगै उक्त मिम कोइनको मूल्य १४५ प्रतिशतभन्दा बढीले वृद्धि भएको क्वाइनमार्केटक्याप डट कमको तथ्याङ्कले देखाएको छ । स्थानीय समयअनुसार शनिबार बिहान करिब ९:१५ बजेतिर यसको मूल्यमा २७३ प्रतिशतभन्दा बढीको उछाल आएको थियो ।

मस्कले ‘केकिअस मेक्सिमस’ नाम दोस्रो पटक राखेका हुन् । यसअघि उनले डिसेम्बर २०२४ मा एक्समा आफ्नो नाम परिवर्तन गरेका थिए । त्यसबेला उनले आफ्नो प्रोफाइल फोटोको सट्टा ‘पेपे द फ्रग’ मिमको एक रचनात्मक तस्बिर प्रयोग गरेका थिए । त्यसमा पेपेलाई पूर्ण कवचमा एक भिडिओ गेमको जोइस्टिक समातिरहेको योद्धाको रूपमा देखाइएको थियो ।

त्यस समयमा क्वाइनगेकोले जनाएअनुसार मस्कको नाम परिवर्तनको लगत्तै केकिअस नामक मिम क्वाइनको मूल्य ९०० प्रतिशतले बढेको थियो । तर, पछि मस्कले आफ्नो पहिलेको नाम र अवतार राखेपछि केकिअसको मूल्य घटेर ०.००११६५ अमेरिकी डलर पुगेको थियो । 

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १०:७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट