२०८२ कार्तिक २४ आईतवार
LATEST NEWS
२०८२ कार्तिक २४ आईतवार

करिब ८ हजार बिरामीहरू अङ्गदाताको पर्खाइमा छन् : सांसद गौतम

काठमाडौं – सांसद प्रतिमा गौतमले मिर्गौला रोगबाट पीडित बिरामीहरूको दयनीय अवस्था र अङ्ग प्रत्यारोपणको समस्याबारे संसदमा जोडदार रूपमा कुरा उठाएकी छिन्। उनले मिर्गौला रोगीहरूको जीवन रक्षा गर्न अङ्ग प्रत्यारोपण सम्बन्धी नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयन र मस्तिष्क मृत्यु कार्यक्रमलाई छिटोछरितो बनाउन सरकारसँग माग गरेकी हुन्।

सांसद गौतमले भनिन्, ‘मिर्गौला रोगबाट पीडित ९० प्रतिशत बिरामीहरू अङ्गदाता नपाएर ज्यान गुमाइरहेका छन्। हाल करिब ८,००० बिरामीहरू अङ्गदाताको पर्खाइमा छन्। अङ्गदाता अभावमा धेरैजसो बिरामीहरू डाइलेसिसमा निर्भर छन्, जसले उनीहरूको शारीरिक, मानसिक र आर्थिक जीवनलाई कष्टकर बनाएको छ।”

सरकारले डाइलेसिसमा मात्र वार्षिक करिब डेढ अर्ब रुपैयाँ खर्च गरिरहेको उनले बताइन्।

उनले मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी नियमावली २०७३ मा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग लिन पाउने प्रावधान रहेको उल्लेख गर्दै यो प्रावधान पूर्ण रूपमा कार्यान्वयन नहुँदा बिरामीहरूको बाँच्ने आशा निराशामा परिणत भएको बताए। मस्तिष्क मृत्यु कार्यक्रमको प्रभावकारिता बढाउन सके मिर्गौला पीडितहरूको समस्या समाधानमा ठूलो योगदान पुग्ने उनको भनाइ छ।

सभामुखमार्फत् सरकारलाई सम्बोधन गर्दै सांसद गौतमले अङ्ग प्रत्यारोपण सम्बन्धी कानुन र नीतिहरूलाई प्रभावकारी बनाउन र मस्तिष्क मृत्यु कार्यक्रमलाई सरल र छिटो बनाउन तत्काल कदम चाल्न आग्रह गरे।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट