काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१सर्वसम्मत रुपमा पारित गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्ताव सर्वसम्मत पारित भएको हो।
प्रस्ताव पास भएसँगै सुदूरपश्चिममा चिकित्सा शिक्षा र सेवाको पहुँच वृद्धि हुने अपेक्षा गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

