काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजले नेपालमा डिजिटल उद्यमशीलताको इकोसिस्टम बारे एक दिने सेमिनार गर्ने भएको छ । “नेपालमा डिजिटल (आईसीटी) उद्यमशीलता र स्टार्टअप पारिस्थितिक प्रणाली” शीर्षकमा क्याम्पसमा एक दिने सेमिनार गर्न लागेको हो ।

विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा १३ जेठमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको क्याम्पसका विज्ञान तथा प्रविधि सङ्कायका प्रमुख तथा प्राडा फुलबाबु झाले बताए ।
उक्त सेमिनारमा डिजिटल उद्यमशीलता र स्टार्टअपमा नेपालको वर्तमान अवस्थाका बारेमा छलफल गरिने उनको भनाइ छ । यस्तै यस क्षेत्रका चुनौतीहरू पत्ता लगाएर समाधानको उपाय खोज्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल भएका डिजिटल उद्यमहरूको केस स्टडी समेत प्रस्तुत गरिने उनले बताए ।
उक्त सेमिनारमा स्टार्टअप कम्पनीका संस्थापक, विद्यार्थीहरू, लगानीकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्ति लगायत आईटी क्षेत्रको विशेषज्ञ उपस्थित हुने अपेक्षा गरिएको छ । सेमिनारमा १२० जना सहभागी हुनेछन् ।

सेमिनारमा सहभागी हुन चाहने विद्यार्थी, तथा स्टार्टअपहरूका लागि छिट्टै आवेदन फारम खुला गर्ने प्राडा झाले बताए ।
पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १३:२९
सामाग्री श्रोत :
टेक पाना