२०८२ जेष्ठ ५ आईतवार
२०८२ जेष्ठ ५ आईतवार

सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग

 साधारणतय एम्बुलेन्स भन्नाले आपतकालिन अवस्थामा बिरामीहरुलाई घरबाट अस्पतालसम्म वा एक अस्पतालबाट अर्को अस्पताल सम्म पुरयाउने सवारी साधानलाई एम्बुलेन्स भनेर बुझिन्छ। एम्बुलेन्स  शव्द ल्याटिन भाषाको एम्बुलायरबाट आएको हो, जसको अर्थ हिँड्नु भन्ने हुन्छ।बिरामी तथा घाइते व्यक्तिलाई स्वास्थ्य संस्थामा लैजान प्रयोग गरिने निश्चित मापदण्ड भएको विशेष किसिमको सवारी साधनलाई एम्बुलेन्स भनिन्छ।सायरन, बत्त्ती र रङ्गबाट एम्बुलेन्सको पहिचान गर्न सकिन्छ।एम्बुलेन्स सेवा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सेवा हो। गम्भीर प्रकृतिको बिरामी, सुत्करी व्यथा, सडक दुघर्टना, आगालागी तथा प्राकृतिक प्रकोपबाट भएका घट्नाहरुमा तुरुन्त स्वास्थ्य सेवा उपलब्ध गराउन घाइते तथा बिरामीलाई तुरुन्तै अस्पताल पुरयाउनका लागि एम्बुलेन्सको आवश्यक पर्छ।समयमा नै घाइते तथा बिरामीहरुलाई सुविधा सम्पन्न स्वास्थ्य संस्था पुर्याेउन सकेमा उनीहरुको ज्यान बचाउन सकिन्छ।

सोलुदुधकुण्ड नगरपालिकाको नगर प्रमुख श्री नाम्गेल जाङबु शेर्पाज्यूको विशेष पहलमा सर्वप्रथम २०७५ साल फागुन महिनामा सोलुखुम्बु दक्षिण कोरिया सेवा समाजको आर्थिक सहयोगबाट स्वास्थ्य चौकी सल्लेरीको नाममा राजश्व छुट सहित एम्बुलेन्स प्राप्त गरे पश्चात एम्बुलेन्स सेवा शुरु गरिएको हो । विशेष गरी कोभिड-१९को माहामारी भएको समयमा सोलुखुम्बु जिल्लाको अन्य स्थानिय तह र जिल्ला अस्पताल फाप्लुमा समेत एम्बुलेन्स नभएको अवस्थामा नगर प्रमुखबाट पालिका अन्तर्गतका स्वास्थ्य संस्थामा रहेको एम्बुलेन्सलाई एकीकृत गरी सेवा उपलब्ध गराउने उद्धेश्यका साथ कुशुदेवु जनस्वास्थ्य अभियानको सहयोगमा सञ्चालित स्वास्थ्य चौकी बेनीको एम्बुलेन्स र स्वास्थ्य चौकी सल्लेरीको नाममा भएको दुई वटा एम्बुलेन्सलाई एकिकृत गरी सेवा उपलब्ध गराएको थियो।कोभिड माहामारीको समयमा नगरपालिकाले एम्बुलेन्समा विभिन्न साइजको अक्सिजन सिलिन्डरको व्यवस्था गरी जिल्ला भरीको सयौ बिरामीलाई निशुल्क रुपमा काठमान्डौ सम्म पुरयाई सेवा उपलब्ध गराएको थियो । कोभिड माहामारी नियन्त्रण तथा समयमा नै पहिचान गर्ने क्रममा सयौ व्यक्तिको पि सि आर टेस्ट गर्न जिल्ला भरीका विभिन्न स्थानमा स्वाव संकलन गरी पटक पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा संकलन गरिएको स्वाव एम्बुलेन्स मार्फत पुरयाई सेवा उपलब्ध गराएको थियो।माहामारी तथा आपतकालिन समयमा सोलुदुधकुण्ड नगरपालिकामा मात्र नभएर जिल्ला भरीकै नागारिकहरुलाई समयमा नै उपचार तथा उद्धार गर्न  नगरपालिकाको एम्बुलेन्सले महत्वपुर्ण भूमिकाको खेलेको थियो ।

सोलुदुधकुण्ड नगरपालिका ११ वटा वडामा विभाजन रहेको छ। यस नगरपालिका भौगिलिक रुपमा ५६५.६वर्ग किलिमिटरमा फैलिएको छ । भौगोलिक विकटताको कारण सबै क्षेत्रमा एम्बुलेन्स सेवालाई सहज रुपमा उपलब्ध गराउन २०७५ साल फाल्गुन महिनामा एकवटा एम्बुलेन्सबाट शुरु गरेको एम्बुलेन्स सेवालाई २०७८ साल फागुन सम्म आइपुग्दा बोस एड्भन्चेर प्रा. लि.को आर्थिक सहयोगमा तत्कालिन स्वास्थ्य चौकी टाप्टिङ हाल वोङछु शेर्पा मेमोरियलको नाममा राज्श्व छुट गरी प्राप्त एम्बुलेन्स व्यवस्था गरेर तीनवटा संख्यामा एम्बुलेन्सले २०७८ साल देखि हाल सम्म निरन्तर सेवा उपलब्ध गराउदै आएको छन्। २०८० सालमा स्वास्थ्य चौकी तामाखानीको नाममा नेपाल पर्वतारोही संघबाट प्राप्त एम्बुलेन्स गरी जम्मा चार वटा भएको एम्बुलेन्स मध्ये सबैभन्दा पहिलेको एम्बुलेन्सलाई शव वाहनको रुपमा प्रयोग गरी सेवा उपलब्ध गराउदै आएको छ भने तीनवटा एम्बुलेन्सबाट बिरामी तथा घाइतेहरुलाई निरन्तर सेवा उपलब्ध गराउदै आइरहेको छ।

नगरपालिकाले २०७६ सालमा एम्बुलेन्स सञ्चालन कार्यविधि २०७६ बनाई एम्बुलेन्स सन्चालन गर्दै आएको छन् । कोभिडको समय देखि आ. व. २०७९/ ८० मा काठमान्डौ लगायत सम्पुर्ण रुपमा निशुल्क रुपमा एम्बुलेन्स सेवा सन्चालन गरेको थियो ।एम्बुलेन्सको प्रयोगमा अलि दुरुपयोग देखिन थाले पछि आ. व.२०८०/८१ देखि जिल्ला अस्पताल फाप्लु , वोङछु शेर्पा मेमोरियल अस्पताल टाप्टिङ र ओखलढुङगा जिल्लाको मिसन अस्पताल सम्म जान सम्पूर्ण रुपमा निशुल्क र काठमान्डौ जान लागिको सहुलियत दरमा सेवा उपलब्ध गराउदै आइरहेको छन्।गर्भवती ,सुत्केरी र अति विपन्न नागारिकहरुलाई हाल सम्म नै काठमान्डौ  जान लगायत सम्पूर्ण रुपमा  निशुल्क रुपमा सेवा उपलब्ध गराउदै आइरहेको छन्।

नगरपालिकाको एम्बुलेन्सले सेवा उपलब्ध गराउदै आएको तथ्याङकीय विवरण यस प्रकार रहेको छ। आ. व.२०७९/ ८० मा २६५ जना आ. व.  २०८०/८१ मा २०७ जना र आ. व.  २०८१/८२ को चैत्र मसान्त सम्म १९५। जनाले सेवा प्राप्त गरेको छन् । शुरु देखि नै नगरपालिकाले जिल्ला भरीको नागारिक र अन्य छिमेकी जिल्लाको स्थानिय तहको नागरिकलाई समेत सेवा उपलब्ध गराउदै आइरहेको छन् ।यस आ. व. २०८१/८२ चैत्र मसान्त सम्म सोलुदुधकुण्ड नगरपालिका लगायत अन्य पालिकाको नागारिकलाई सेवा उपलब्ध गराएको विवरण यस प्रकारको रहेको छ  । सोलुदुधकुण्ड नगरपालिकाको सेवाग्राही संख्या -१६५ जना अन्य गाँउ पालिकाको सेवाग्राही संख्या- ३० जना गरी जम्मा १९५।जना रहेको छ । जसमध्ये थुलुङदुधकोशी गा. पा. ७ जना , माप्यदुधकोशी गा. पा. ६ जना ,नेचासल्यान गा. पा.  ४ जना माहाकुलुङ गापा २ जना , खुम्बु पासाङल्हमु  १ जना , खिजिदेम्बा गा. पा.  ७ जना  सिद्धिचरण न.पा.  ३ जना गरी जम्मा ३०।जना रहेको छ । ति मध्ये काठमान्डौको विभिन्न अस्पतालमा पुराएको संख्या- ६३ जना ,ओखलढुङगाको मिसन अस्पताल पुराएको संख्या- ३३ जना , जिल्ला अस्पताल फाप्लु अस्पताल पुराएको संख्या- ४९ जना  र वोङछु शेर्पा मेमोरियल अस्पताल पुराएको संख्या-  ५०जना  गरी जम्मा १९५। जनालाई सेवा उपलब्ध गराएको छ।

दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा एम्बुलेन्स सेवा महत्वपूर्ण रहेको छ । नेपालको परिपेक्ष्यमा दुर्गम क्षेत्रमा सहज रुपमा विशेज्ञ सेवा पाउन कठिन रहेको सन्दर्भमा कतिपय बिरामीहरुलाई समयमा नै अस्पातलमा पुरयाउन नसक्दा अकालमा नै ज्यान जान सक्ने अवस्था हुन्छ । समयमा नै बिरामी तथा घाइतेहरुलाई अस्पताल पुरयाई अकालमा ज्यान जान बाट जोगाउन एम्बुलेन्सले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । समयानुसार चालकलाई तालिम र एम्बुलेन्समा आवश्यक औजार उपकरण थप गरी नियमित रुपमा एक जना स्वास्थ्यकर्मि समेत व्यवस्थामा गरी  सेवा सञ्चालन गर्न सकेको खण्डमा सेवा अझ गुणस्तरीय र प्रभावकारी हुने कुरामा दुईमत छैन।  
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट