२०८२ जेष्ठ ५ आईतवार
२०८२ जेष्ठ ५ आईतवार

तीनपटक सत्तामा पुर्‍याउने कुनै कांग्रेस एमाले होइनन्, जनता हुन् : प्रचण्ड

डोटी– माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीलाई सर्वसाधारण जनताले सत्तामा पुर्‍याएको बताएका छन् ।

हिजोबाट सुरु भएको ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान’ अन्तर्गत आज डोटीमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादीलाई अन्य कुनै पार्टीले सत्तामा नपुर्‍याएको बताए ।

Ncell 2
Ncell 2

‘हामीलाई विस्तृत शान्ति सम्झौतासम्म पुर्‍याउने, तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याउने कुनै कांग्रेस होइनन्, कुनै एमाले होइनन्,’ उनले भने, ‘तपाईँ हामीजस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग समुदायले पुर्‍याएको हो ।’ उनले पार्टी सत्तामा हुँदाका बखत सत्तामा पुर्‍याउने वर्ग समुदायलाई दिनुपर्ने जति समय आफूहरूले नदिएकामा आत्मालोचना पनि गरे । ८/१० वर्षमा जनताको बीचमै गएर जनताकै मुखबाट समस्या सुन्नुपर्नेमा त्यसो हुन नसकेकाले त्यस्तो कमजोरी सुधार्न पार्टीले जनता जागरण अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

shivam cement
shivam cement

अध्यक्ष दाहालले आत्मालोचित भएर आफूहरू जनताको सामु आएको र जनताका पिरमर्का सुनेर राष्ट्रव्यापी बनाउने पनि बताए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट