२०८२ जेष्ठ ४ शनिबार
२०८२ जेष्ठ ४ शनिबार

नेपाल जनस्वास्थ्य सम्मेलन २०८२: स्वास्थ्य सेवामा समतामूलक पहुँचमा जोड दिँदै ८ बुँदै घोषणापत्र जारी

काठमाडौं – नेपाल जनस्वास्थ्य सम्मेलन २०८२ मा जारी गरिएको घोषणा पत्रले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ र समतामूलक बनाउन महत्त्वपूर्ण प्रतिबद्धताहरू व्यक्त गरेको छ। सरकारी, गैरसरकारी निकाय, शैक्षिक संस्था, नागरिक समाज, जनस्वास्थ्यकर्मी र विज्ञहरूको सहभागितामा आयोजित यो सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरूलाई सम्बोधन गर्न ठोस कार्ययोजना प्रस्तुत गरेको हो।

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा र अत्यावश्यक सेवामा समान पहुँचको ग्यारेन्टी गरेको छ। यद्यपि, स्वास्थ्य प्रणालीले विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ। सम्मेलनले यी चुनौतीहरूलाई सम्बोधन गर्दै स्वास्थ्य सेवालाई लागत-प्रभावकारी र समतामूलक बनाउन जोड दिएको छ।

सबै तहका सरकारबीच नीति निर्माण, समन्वय र कार्यान्वयनमा समन्वयका लागि पैरवी गर्ने बताइएको छ। यो कदमले दिगो विकास लक्ष्यहरू र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिलाई व्यवहारमा उतार्न सहयोग गर्ने  अपेक्षा छ।

पारदर्शी बजेट प्रणाली, साधनको कुशल उपयोग र परिणाममुखी खर्च व्यवस्थापनमार्फत स्वास्थ्य क्षेत्रमा वित्तीय स्रोतको सुनिश्चितता गरिने छ। स्वास्थ्य बीमालाई प्रभावकारी बनाएर व्यक्तिगत स्वास्थ्य खर्च र  क्याटस्ट्रफफिक हेलेथ एक्सिपेन्डिचर न्युनिकरणका लागि पहल गर्ने बताइएको छ। 

स्थानीय सरकारको क्षमता अभिवृद्धि, तथ्यमा आधारित अनुसन्धान, जनस्वास्थ्यकर्मीको गुणस्तर सुनिश्चितता, प्रविधि र नवप्रवर्तनdf जोड दिइएको छ।

नेपाल जनस्वास्थ्य सम्मेलन २०८२ को घोषणा पत्रले स्वास्थ्य क्षेत्रमा सुधारका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गरेको बताइएको  छ। यो घोषणाले नेपालको स्वास्थ्य प्रणालीलाई थप समावेशी, प्रभावकारी र दिगो बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा आयोजक संस्थाको रहेको छ। 

यस्तो छ घोषणापत्र 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट