जनकपुर। तेस्रो जनकपुरधाम मेयरकप २०८२ को उपाधी भारतको लखनउले हासिल गरेको छ। जनकपुरधामको निर्माणधिन रामजानकी बहुउद्देश्यीय क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न फाइनल खेलमा बारालाई ८ विकेटले पराजित गर्दै लखनउ टिमले उपाधी हात पार्न सफल भएको हो।

आजको अन्तिम खेलमा बारा टिमले पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो।
बाराका लागि रवि साहले ५४, आदिल अंसारीले ५०, विवेक यादवले २२, पवन सर्राफलले १६, त्रित दासले ९ र निरंजन यादवले ७ रन जोडे भने अरनिको यादव शुन्य रनमै आउट भए। यता, लखनउका लागि सुभम यादव र मनिष सिंलेह २/२ तथा शैलेन्द सिंह र अस्मित मिश्राले १/१ विकेट लिए।
१६९ रनको विजयी लक्ष्य सहित ब्याटिंग गर्न मैदानमा ओर्लेकाे लखनउ टिमले १७ ओभर ४ बलमा २ विकेट गुमाएर १७३ रन बनायो। लखनउका लागि हर्षित यादवले ९८, सुमित पाठकले ५३, अंकित सिंहले १९ र सोमन महन्तीले २ रन जोडे।

बाराका पवन सर्राफ र साहब आलम १/१ विकेट लिए। कप विजेता लखनउ टिमलाई दुई लाख नगद र ट्रफी तथा उपविजेता बारा टिमलाई एक लाख २५ हजार नगद तथा ट्रफि प्रदान गरिएको छ।
सामाग्री श्रोत :