२०८२ जेष्ठ ४ शनिबार
२०८२ जेष्ठ ४ शनिबार

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं। नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु २१ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सङ्खुवासभा धर्मदेवी नगरपालिका–३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए।

निजले गत मङ्सिर ८ गते जिल्ला धनकुटा नगरपालिका–४ घर भई हाल भक्तपुर मध्यपुरथिमी–६ बस्ने ३९ वर्षीय प्रेमकुमार विकलाई नगद रु १० लाख र गत चैत ११ गते सुनसरी बराहक्षेत्र नगरपालिका–१ घर भई हाल जिल्ला काठमाडौं न्युरोड बस्ने २४ वर्षीय राजकुमार विकलाई रु ११ लाख ८५ हजार ठगी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको सूचना अधिकारी बोहोराले बताए।


सामाग्री श्रोत :

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट