२०८२ जेष्ठ ३ शुक्रबार
२०८२ जेष्ठ ३ शुक्रबार

प्रिन्टरको समस्या समाधान भएसँगै सुरु भयो अत्यावश्यक ड्राइभिङ लाइसेन्स छपाइको काम

 

काठमाडौँ । यातायात व्यवस्था विभागको प्रिन्टिङ प्रणालीमा आएको समस्या समाधान भएसँगै अत्यावश्यक सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम पुनः सुरु भएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै २५ वैशाखदेखि रोकिएको छपाइको काम सुरु भएको जानकारी दिएको हो ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेनाका सदस्य, नेपाल प्रहरी तथा गैरआवासीय नेपाली नागरिकबाट प्राप्त भएका स्वीकृत निवेदनका लागि विभागले अत्यावश्यक लाइसेन्स छाप्दै आएको छ । 

छापिएका सवारी चालक अनुमति पत्रको विवरण विभागको वेबसाइट फेसबुक पेजमा राखिने विभागले जानकारी दिएको छ । आवेदकले आफ्नो सवारी चालक अनुमतिपत्र छापिएको यकिन गरी ३ जेठ २०८२ देखि विभागबाट अत्यावश्यक सवारी चालक अनुमतिपत्र सङ्कलन गर्न सक्ने विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २, २०८२ १७:२२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट