२०८२ जेष्ठ ३ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ ३ शुक्रबार

नेपाल पब्लिक हेल्थ सम्मेलन २०२५ आजदेखि, संघीय स्वास्थ्य प्रणालीका चुनौती र अवसरमा केन्द्रित छलफल हुँदै

ललितपुर – नेपाल पब्लिक हेल्थ सम्मेलन २०२५  शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको छ। ‘संघीय सन्दर्भमा स्वास्थ्य प्रणालीका चुनौती र अवसरहरू” भन्ने मूल नाराका साथ सुरु भएको दुईदिने सम्मेलनमा नीति निर्माताहरू, जनस्वास्थ्य विज्ञहरू र अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ। सम्मेलनको आयोजना नेपाल पब्लिक हेल्थ एशोसिएसन (नेफा)ले गरेको हो।

उद्घाटनपछि  ‘संघीय स्वास्थ्य प्रणालीमा शासन र नीति’मा केन्द्रीत छलफल हुनेछ। यस सत्रको अध्यक्षता डा. प्रमोद जोशी र नरेशप्रसाद जोशीले गर्नेछन। यसमा नेपालका स्थानीय स्वास्थ्य प्रणालीको  अध्ययनदेखि सुदूरका गाउँ तहका स्वास्थ्य सेवाहरूको तयारी, तथा संघीय संरचनाले ल्याएका अवसर र चुनौतीबारे प्रस्तुतिहरू छन्।

प्यानल छलफल– २ मा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक  महेन्द्रप्रसाद श्रेष्ठ, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेल, प्राडा केदारप्रसाद बराल र डा. गुणराज अवस्थीले छलफल गर्नेछन्। छलफलमा संघीय, प्रादेशिक र स्थानीय तहका नीतिहरूबीच समन्वय र सुधारका सम्भावनाहरू बारे बहश हुनेछ।

यसैथगरी स्वास्थ्य वित्त र स्रोत व्यवस्थापनमा  पनि छलफल हुनेछ जहाँ  सेवामा पहुँच र प्रयोगमा देखिएको आर्थिक असमानता तथा संघीय सन्दर्भमा स्वास्थ्य वित्तीय सुधारका सम्भावनाबारे प्रस्तुति रहनेछन्। सत्रकोअध्यक्षता सुदर्शन पौडेल र  सुपेन्द्र कार्कीले गर्नेछन्। 

अर्को संवादामा  राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा र पब्लिक पोलिसी पाठशालाका अध्यक्ष प्रताप पौडेल सहभागी हुनेछन्। । छलफलको सहजीकरण स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकालले गर्नेछन्। 

दोस्रो दिनको छलफल समावेशिता र पहुँचमा केन्द्रित हुनेछ। सम्मेलनको दोस्रो दिन ‘समावेशिता, पहुँच र सामाजिक समावेशीकरण’ विषयमा पहिलो सत्र हुनेछ। यस सत्रको अध्यक्षता मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन दुर्गा खड्का मिश्र र नेफाका केन्द्रीय समितिका सदस्य डा. दिलीपकुमार यादवले गर्नेछन्। यसमा बंझोपन, स्तन क्यान्सरको पहिचान र उपचारमा ढिलाइ र ज्येष्ठ नागरिकको जीवन सन्तुष्टिको अध्ययनसम्बन्धी अनुसन्धान प्रस्तुत गरिनेछन्।

अर्को छलफलमा मधुसूदन सुवेदी, दिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशी  र नेपाल नर्सिङ परिषद्‌की रजिष्ट्रार  शुक्ला खनालको सहभागिता रहनेछ। पत्रकार रिम्सा सिलाकारले सत्र सञ्चालन गर्नेछिन्।

सम्मेलनमा नेफाको २५औं साधारण सभाबाट समेत हुनेछ। 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट