२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

बढुवा भएको चार वर्षपछि प्रहरीका वरिष्ठ सइको तलबमान र ग्रेड समायोजन

काठमाडौं। लामो समयदेखि रोकिँदै आएको नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ)को तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले तलबमान र ग्रेड समायोजन गर्ने निर्णय भएको हो। कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबीच वरिष्ठ सइ पद थपेको थियो।

तर उनीहरुले खाइपाइ आएको तलब भन्दा पनि कम भएपछि असन्तुष्ट रहेका सइलाई सरकारले न्याय गरेको छ।

मन्त्रिपरिषदको यो निर्णयसँगै उनीहरूको तलब बढ्ने भएको छ। यसअघि उनीहरूले बढुवा हुँदा पनि खाइपाइ आएकोभन्दा कम तलब पाउँदै आएका थिए। ‘नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको तलबमान र ग्रेड समायोजन गर्ने,’ मन्त्रपरिषदको निर्णयमा भनिएको छ।

ग्रेड समायोजनका लागि गत १७ साउनमै सर्वाेच्च अदालतले परमादेश दिएको थियो। त्यसको करिब १० महिनापछि बल्ल कार्यान्वयन भएको छ। तह र फुली बढ्दा पनि वरिष्ठ सइहरूको तलब घटेको थियो। बढुवा हुँदा उनीहरूको तलब दुई सय ६२ रुपैयाँ घटेको थियो।

वरिष्ठ सइको एक हजार चार सय १८ जनाको दरबन्दी छ। बढुवा गरे पनि त्यसअनुसार तलबमान र ग्रेड समायोजनमा ढिलाइ भएको थियो। बढुवा भएको करिब तीन वर्षपछि यो समस्या समाधान भएको छ। मन्त्रिपरिषदको बैठकपछि उनीहरुले तीन वर्षकै तलब पाउनेछन्।

गत साउनमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको इजलासले यससम्बन्धी परमादेश दिएको थियो। वरिष्ठ सइको आधारभूत तलब ४० हजार नौ सय ९८ रुपैयाँ छ।

उनीहरूले अधिकतम दुई ग्रेड थप पाउने भएकाले तीन हजार सात सय ३२ मात्र पाउने गरेका छन्। तर, सइको तलब भने ४३ हजार नौ सय ९४ रुपैयाँसम्म छ। वरिष्ठ सइले अधिकतम दुई ग्रेड मात्र पाउने प्रावधान राख्दा यस्तो समस्या सिर्जना भएको हो।


सामाग्री श्रोत :

बढुवा भएको चार वर्षपछि प्रहरीका वरिष्ठ सइको तलबमान र ग्रेड समायोजन

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट