२०८२ जेष्ठ २ बिहीबार
LATEST NEWS
२०८२ जेष्ठ २ बिहीबार

कोशी अस्पतालमा ८ करोड बढीको औषधि सोझै खरिद

काठमाडौं-  कोशी अस्पतालले  गत आर्थिक वर्षमा रु. ८ करोड ६१ लाख ७१ हजार बराबरको औषधी तथा औषधिजन्य सामग्री प्रतिस्पर्धाबेगर सोझै खरिद गरेको पाइएको छ। महालेखापरीक्षकको प्रतिवेदनअनुसार कुल खरिदमध्ये रु ३ करोड ३० लाख ६९ हजार रुपैयाँको गत वर्षको टेन्डरको दरबाट र बाँकी ४ करोड ९१ लाखको  सोझै खरिद गरिएको हो।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५(१क) अनुसार सार्वजनिक निकायले २५ लाख रुपैयाँसम्मको औषधीजन्य मालसामान सोझै खरिद गर्न सक्ने व्यवस्था छ भने, नियम ८४(१क) अनुसार ५० लाखसम्म सिलबन्दी दरभाउपत्रमार्फत र त्यसभन्दा माथि बोलपत्र प्रणालीमार्फत खरिद गर्नुपर्ने प्रावधान छ।

तर, कोशी अस्पतालले एकमुष्ट तागत अनुमान बनाएर खुला बोलपत्रमार्फत खरिद गर्नु पर्ने भए तापनि, प्रतिस्पर्धा नगराइ  औषधी खरिद गरिएको देखिएको छ। दोस्रो पटक पनि अन्य प्रतिस्पर्धीलाई अवसर नदिई पुनः बोलपत्र आह्वान नगरी सोही प्रक्रिया दोहोर्याइएको थियो।

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट