२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

ट्रमा, वीर, कोशी, बीपी र गंगलाल अस्पतालमा करोडौंका उपकरण प्रयोगबिहिन

काठमाडौं- ठूला सरकारी अस्पतालले ट्रमा सेन्टर, वीर अस्पताल, बीपी कोइराला स्वाथ्य बिज्ञान प्रतिष्ठान, सहिल गंगालाल राष्ट्रिय हृदयर केन्द्र र कोशी अस्पतालले खरिद गरेका करोडौंका उपकरण प्रयोगबिहिन देखिएका छन्। महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा उक्त तथ्य भेटिएको हो। 

कोशी अस्पतालले विगतमा खरिद गरेको भेन्टिलेटर लगायतका रु. २ करोड ८ लाख ६५ हजार मूल्यका ५ प्रकारका उपकरण थन्किएका छन्।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा विगतमा आफैँले खरिद गरेको र स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको भेन्टिलेटर, पेसेन्ट मनिटर लगायत रु. ४ करोड २९ लाख ६५ हजार मूल्यका ७ प्रकारका उपकरण प्रयोगबिहिन छन्। 

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई विगतमा स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको रु.५ करोड ५९ लाख ४९ हजार मूल्यको पोर्टेबल यू.एस.जी.मेसिन र ११ थान भेन्टिलेटर, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा रु.२ करोड २५ लाख मूल्यको प्लाज्मा स्ट्रेलाइजर मेसिन १ थान लगायतका उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेका छन्।

वि.पी. कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानबाट उपलब्ध कोभिड – १९ प्रयोजनको लागि स्थापना भएको १०० बेडको अस्पताल तत् पश्चात डेङ्गु उपचारको लागि प्रयोगमा ल्याएकोमा हाल भेण्टिलेटरसहितको २० बेड आई. सी. यू. र सो अस्पतालमा प्रयोग भएका रु. २४ करोड ५१ लाख ५२ हजारको उपकरण थन्क्याइएका छन्। 

त्यस्तै  ट्रमा सेन्टर अस्पतालमा मुटु रोगको उपचारमा उपयोग हुने अमेरिकी डलर ५० हजार ५०० को क्याथल्याब मेसिन तथा रु. २ करोड ५१ लाख ३२ हजार मूल्यको १४ थान भेन्टिलेटर, रु.८६ लाख ११ हजारका ५ थान सी. आर्म. मेसिन र रु. ९९ लाख ६६ हजार मूल्यका ब्याकमान काउल्टर बिग्रिएको कारण सञ्चालनम नभएको जनाएको छ। 

महालेखाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणको सञ्चालन सम्बन्धमा अनुगमन गरी लगत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। 
 

सामाग्री श्रोत :
swasthyakhabar

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट