काठमाडौँ । सांसद महेश बस्नेतले राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया ढिला भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बस्नेतले सरकारी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइए पनि समयमै कार्ड वितरण हुन नसकेको उल्लेख गरे ।
“सरकारले राष्ट्रिय परिचयपत्र जुनसुकै सरकारी सेवाका लागि अनिवार्य गरे पनि २०७७ सालमा खिचेको राष्ट्रिय परिचयपत्र अहिलेसम्म प्राप्त हुन सकेको छैन,” उनले भने ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८२ ११:३४
सामाग्री श्रोत :
टेक पाना