२०८२ जेष्ठ १ बुधबार
LATEST NEWS
२०८२ जेष्ठ १ बुधबार

कोशी मुख्यमन्त्रीको कार्यकक्षमा मोबाइल लैजान प्रतिबन्ध

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्षमा प्रवेश गर्नेहरूलाई साथमा मोबाइल बोकेर जान निषेध गरिएको छ। 

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समययता मोबाइल लिएर मुख्यमन्त्रीलाई भेट्न जान रोक लगाएको हो।

मुख्यमन्त्री कार्कीको कार्यकक्ष बाहिर सूचना टाँसेर ‘मोबाइल यता’ भनेर देखाइएको छ। जहाँ मोबाइल राख्नका लागि प्लाष्टिकको एउटा बकेट राखिएको छ। 

Ncell 2
Ncell 2

मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले यस्तो अभ्यास गरेको धेरै समय भइसकेको दाबी गरे। तर, मुख्यमन्त्री कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले भने यो चलन भर्खरै सुरू भएको जानकारी दिए। 

जनसम्पर्क सल्लाहकार खनालले मोबाइल बोकेर मुख्यमन्त्रीको कार्यकक्षभित्र प्रवेश गर्नेहरूले फोटो खिचेर समय लिइदिने गरेका कारण निषेध गरिएको बताए।

‘सुरक्षा वा अरू कुनै कारणले होइन, फोटो खिच्न खोज्नेहरूका कारण समय खर्च धेरै भयो। समय बचतका लागि यस्तो गरिएको हो,’ उनले भने। 

मुख्यमन्त्रीको सचिवालयले धेरै समयदेखि यस्तो अभ्यास गरिएको दाबी गरे पनि यो प्रबन्ध सर्वसाधारणका लागि मात्रै लागु भएको छ। नेता, कर्मचारीहरूका हकमा भने यो प्रबन्ध लागु भएको छैन। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट