२०८२ बैशाख ३० मंगलवार
२०८२ बैशाख ३० मंगलवार

सिद्धार्थ बैंकले ल्यायो कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे, केके छन् सेवा ?

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले कार्डमा आधारित ‘सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे’ सेवा सुरु गरेको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सहकार्य गरी ल्याइएको यो सेवाबाट सिद्धार्थ बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट)हरूले भिसा र मास्टर कार्डमार्फत नेपाल तथा विदेशमा रहेका ग्राहकहरूबाट सजिलै अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जनाएको छ ।

‘सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे’ मार्फत विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, गैरसरकारी संस्था (एनजीओ) लगायतका ईकमर्स सेवा प्रदायकहरूले देश तथा विदेशबाट सहज रूपमा अनलाइन भुक्तानी प्राप्त गर्न सक्ने बताइएको छ ।

यस गेटवेको प्रयोगले कार्ड भौतिक रूपमा प्रस्तुत गर्नुपर्ने झन्झट हटाउने र भुक्तानी प्रक्रिया छिटो, सुरक्षित र विश्वसनीय हुने बैंकको विश्वास छ । बैंकले यस सेवालाई चौबिसै घण्टा ग्राहक सहायता केन्द्रमार्फत सघाउने व्यवस्था समेत गरेको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १८:४८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट