२०८२ बैशाख ३० मंगलवार
२०८२ बैशाख ३० मंगलवार

ओपन सोर्स ईआरपी ‘ओडू’ का दुई भर्सन नेपालमा, साना-ठुला सबै व्यवसायको व्यवस्थापनमा सघाउने दाबी

काठमाडौँ । सानादेखि ठुला सबै प्रकारका व्यवसायलाई डिजिटल रूपमा व्यवस्थित गर्न सघाउने उद्देश्यसहित ओपन सोर्स ईआरपी सफ्टवेयर ओडू (Odoo) नेपालमा सञ्चालनमा आएको छ । ओडूको नेपालस्थित आधिकारिक सेवा प्रदायक स्मार्टेन टेक्नोलोजीजले यो सफ्टवेयरको दुई भर्सन भित्र्याएको हो । यसअन्तर्गत कम्युनिटी भर्सन निःशुल्क छ भने इन्टरप्राइज भर्सन सशुल्क रहेको छ । 

स्मार्टेनका अनुसार कम्युनिटी भर्सन साना व्यवसाय र स्टार्टअपका लागि उपयुक्त मानिन्छ । यसमा अकाउन्टिङ, इन्भेन्ट्री, किनबेच जस्ता कोर मोड्युलहरू निःशुल्क प्रयोग गर्न सकिन्छ । इन्टरप्राइज भर्सनमा एडभान्स रिपोर्टिङ, भीओआइपी इन्टिग्रेसन, हेल्प डेस्क, एआई फिचर लगायतका सुविधा छन् । 

इन्टरप्राइज प्रयोगकर्ताले कुनै पनि एउटा एप निःशुल्क प्रयोग गर्न सक्छन् । तर दुई वा बढी एपहरू प्रयोग गर्नुपर्ने खण्डमा शुल्क लाग्ने व्यवस्था छ । 

कम्युनिटी भर्सनका प्रयोगकर्ताले आफ्नै सर्भरमार्फत सेवा सञ्चालन गर्नुपर्ने हुन्छ भने इन्टरप्राइज प्रयोगकर्ताले ओडूको ‘Odoo.sh’ वा अनलाइन होस्टिङ प्रयोग गर्न सक्छन् । इन्टरप्राइज सेवामा सुरक्षा, नियमित अपडेट र प्राविधिक सहयोग पनि प्रदान गरिने कम्पनीको भनाइ छ । 

स्मार्टेन टेक्नोलोजीजले ओडूको नाममा हुने ठगीबारे व्यवसायीलाई सचेत रहन आग्रह गरेको छ । कम्पनीका अनुसार कतिपय व्यक्तिले आफूलाई आधिकारिक सेवा प्रदायक बताउँदै निःशुल्क सेवा सशुल्क रूपमा बिक्री गरिरहेका छन् । त्यस्ता ठगीमा ‘Odoo.com’ बाहिरबाट भुक्तानी माग्ने, सस्तो मूल्यमा आजीवन लाइसेन्स दिने प्रलोभन देखाउने, अधिकारिक बिल वा लाइसेन्स नदिने लगायतका धन्दा हुने गरेको कम्पनीको दाबी छ । 

यस्ता जोखिमबाट जोगिन ओडू इन्टरप्राइजको लाइसेन्स सधैं Odoo.com वा प्रमाणित पार्टनरबाट मात्र किन्न आग्रह गरिएको छ । साथै, प्रमाणित कोटेसन र बिल माग गर्न तथा प्रमाणित विक्रेताहरूको सूची अनलाइनबाट जाँच गर्न कम्पनीले  सुझाव दिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १९:३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट