२०८२ बैशाख ३० मंगलवार
२०८२ बैशाख ३० मंगलवार

चार्टर्ड एकाउन्टेन्सीको नयाँ पाठ्यक्रम, प्राविधिक ज्ञान पनि प्राथमिकतामा

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्सी शिक्षालाई अझ सान्दर्भिक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले नेपालमा अबदेखि नयाँ पाठ्यक्रम लागु गरिने भएको छ ।

लेखाव्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट्स इन इंग्ल्याण्ड एन्ड वेल्ससँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम विकास गरेको हो ।

आइक्यानका अनुसार प्राविधिक ज्ञानको अवधारणा अनुरूप तयार पारिएको पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमशः डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागु गरिनेछ ।

यस पाठ्यक्रम लेखाव्यवसायको सर्वोच्च निकाय  इन्टरनेसनल फेडेरेसन अफ अकाउन्ट्स  (आईएफएएसी) बाट जारी भएको अन्तर्राष्ट्रिय शिक्षा मापदण्ड (आईएफएस)मा आधारित छ । 

यसअन्तर्गत लेखा क्षेत्रका महत्त्वपूर्ण पक्षहरू संहिता, दीगोपना, प्रविधि र सार्वजनिक वित्त व्यवस्थापन लगायतका विषयवस्तु हरेक विषयको सान्दर्भिकता अनुसार समावेश गरिएको आइक्यानको भनाइ छ ।

नयाँ पाठ्यक्रमले देशलाई आवश्यक दक्ष लेखाव्यवसायी उत्पादन गर्न सघाउनुका साथै संस्थाका सदस्यहरूको अन्तर्राष्ट्रिय पहिचान र प्रतिस्पर्धी क्षमता बढाउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १७:३३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट