२०८२ जेष्ठ १ बुधबार
LATEST NEWS
२०८२ जेष्ठ १ बुधबार

समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज भारतसँग भिड्दै

काठमाडौं – भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत समूह बी को विजेता बन्न आज समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दैछन्।

खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

यो समूहको साफ च्याम्पियनसिपमा तेस्रोपल्ट आमुन्नेसामुन्ने हुँदा यी दुई टोलीको ध्यान भने समूह ‘बी’ को शीर्ष स्थान कब्जा गर्नेमा केन्द्रित हुनेछ। पहिले नै सेमिफाइनलको स्थान सुरक्षित गरिसकेका दुवै टोलीका लागि यो अन्तिम समूह चरणको खेल निर्णायक बन्नेछ। 

Ncell 2
Ncell 2

नेपालले आइतबार श्रीलंकालाई ५-० ले हराएको थियो। त्यस्तै विहीबार भएको खेलमा भारतले श्रीलंकामाथि ८-० को जित दर्ता गरेको थियो। यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंका भने बाहिरिएको छ।

आज नै समूह ए तर्फ पनि अघि बढ्ने टोलीको छिनोफानो हुनेछ। समूह ए मा बंगलादेश ४ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। आज हुने माल्दिभ्स र भुटानको खेलले अर्को टोलीको टुंगो लाग्नेछ। भुटानलाई जित आवश्यक छ भने माल्दिभ्सले बराबरी गरेपनि सेमिफाइनल पुग्नेछ। बंगलादेशले माल्दिभ्ससँग २-२ को बराबरी खेल्दा भुटानलाई ३-० ले हराएको थियो।

नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को यू१८ उमेर समूहको संस्करण जितेको थियो।त्यसको आठ वर्षपछि अर्थात २०२३ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो भेटमा भने भारतले उसैगरी बदला लिँदै पेनाल्टी सुट आउटमा नेपाललाई ३–२ ले पाखा लगाउँदै फाइनलमा स्थान बनायो र उपाधि नै हात पार्‍यो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट