२०८२ जेष्ठ ६ सोमबार
२०८२ जेष्ठ ६ सोमबार

मध्यबानेश्वरमा खुल्यो किड्स क्लिनिक, बालरोगको सबै सेवा एउटै छानामुनि

काठमाडौं- काठमाडौंको मध्य बानेश्वरमा किड्स क्लिनिक खुलेको छ। बाल उपचारका सबै सेवा एउटै छानोबाट दिने उद्देश्यले किड्स क्लिनिक सञ्चालनमा ल्याइएको डाक्टर दिलिप न्यौपानेले बताए। यस्तो सेवा हालसम्म नेपालमा नभएको उनको दाबी छ। यसको डुप्लिकेसन पनि तत्कालै हुने अवस्था नरहेको उनी बताउँछन्। 

डीएम, एमसीएच गरेका आठजना चिकित्सकको टोलीले उक्त क्लिनिक सञ्चालनमा ल्याएको हो। उक्त क्लिनिकको पूरा अर्थ किड्स इन्टिग्रेटेड डिएम, एमसीएच सुपर स्पेसलिटी क्लिनिक हो। सेवा दिन सुरु गरेसँगै एउटै छानामुनि सबै प्रकारको बाल उपचार सेवा पाउन सक्ने अवस्था बन्ने डा न्यौपानेको दाबी छ। 

सबै प्रकारको विशिष्टीकृत सेवा दिन सक्ने चिकित्सक एकै स्थानमा नभेटिने स्थितिको अन्त्य भएको डा न्यौपानेको तर्क छ ।

क्लिनिकले दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिने उनले जानकारी दिए। किड्स क्लिनिकमा रहेका सात, आठ वटा विभागमा विशेष किसिमका विभागीय दक्षता हासिल गरेका चिकित्सकहरू आबद्ध रहेको डाक्टर न्यौपानेले बताए  ।

जुनसुकै समस्या भएका बालबालिकालाई पनि उपचारका लागि अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको उनले जिकिर गरे।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट