२०८२ बैशाख २९ सोमबार
२०८२ बैशाख २९ सोमबार

नर्भिक अस्पतालद्वारा उत्कृष्ट १६ नर्सिङ कर्मचारी पुरस्कृत

काठमाडौं- नर्भिक इन्टरनेशनल अस्पतालले अस्पतालमा कार्यरत उत्कृष्ट १६ नर्सिङ कर्मचारीहरुलाई पुरस्कृत गरेको छ।

विश्व नर्सिङ दिवसका अवसरमा आज आयोजित समारोहमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी, अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले १६ जनालाई ‘बेस्ट नर्सिङ स्टाफ’ अवार्डबाट पुरस्कृत गरेका हुन्।

पुरस्कृत हुनेहरुमा नेहा ट्वाटी, प्रविना डंगोल, उषा पन्त, अर्डिना गैडा, आयशा डंगौरा, अन्जली गोले, रक्षा थापा, रश्मी थापामगर, सचिना, महर्जन, सिमरन देव, अक्षिता कार्की, अस्मिता सुनारीमगर, लक्ष्मीकेशरी फैंजु, विपिना घले, गोपालबहादुर बिक र कीर्ति श्रेष्ठ छन्। पुरस्कृत नर्सिङ कर्मचारीहरुलाई अस्पतालका तर्फबाट प्रमाणपत्र र मिडास डे स्पाको निःशुल्क गिफ्ट भौचर पनि प्रदान गरिएको थियो।

सो अवसरमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले अस्पतालको मुख्य आधारशीला नै नर्सहरू भएको उल्लेख गर्दै  सबै नर्सहरुलाई समान व्यवहार र  एक अर्कालाई उत्प्रेरणा जगाउने काम गर्नुपर्ने बताइन्। उनले आगामी दिनमा डेजी फाउन्डेसनको सहकार्यमा उत्कृष्ट नर्सहरुलाई पुरस्कृत गर्दै अघि बढ्ने अवसर दिने पनि बताइन्।

यसअघि अस्पतालले आज बिहान वाकाथन कार्यक्रम आयोजना गरेको थियो। बिहान साढे ७ बजे नर्भिक अस्पतालबाट सुरु भएको वाकाथन कुपण्डोल, कानदेवतास्थान, पुल्चोक, मंगलबजार, कृष्णमन्दिर पुगेर पाटन ढोका हुदै सोही रुटबाट फिर्ता भएको थियो। त्यसअवसरमा कृष्णमन्दिरको प्रांगणमा अस्पतालका नर्सिङ कर्मचारीहरुद्वारा सीपीआरसम्बन्धी जनचेतनामूलक प्रदर्शनी  आयोजना गरिएको थियो।वाकाथनमा अस्पतालमा कार्यरत नर्सहरुका साथै कर्मचारीहरु सहभागी थिए।

स्वास्थ्य सेवामा नर्सहरुको समर्पण र योगदानलाई अझ बढी उजागर गर्ने उद्धेश्यले विश्व नर्सिङ दिवसका अवसरमा वाकाथन आयोजना गरिएको अस्पतालले जनाएको छ।

आधुनिक नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्स काउन्सिलको आह्वानमा हरेक वर्ष मे १२ का दिन यो दिवस मनाउने गरिन्छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट